• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    हेमराज उपाध्याय दाहाल विश्वका १०० प्रभावशाली बाल तथा युवा नेतामध्ये दोस्रो स्थानमा

    • lumbinisanjal
    • २०८२ माघ २३, शुक्रबार ०८:०८
    1.9K
    SHARES
    हेमराज उपाध्याय दाहाल विश्वका १०० प्रभावशाली बाल तथा युवा नेतामध्ये दोस्रो स्थानमा

    काठमाडौँ, २३ माघ । विश्व भविष्य युवा मञ्च (World Future Youth Forum – WFYF) ले सार्वजनिक गरेको Top 100 Most Powerful Child & Youth Leaders सूचीमा नेपालका हेमराज उपाध्याय दाहाल दोस्रो स्थानमा पर्न सफल हुनुभएको छ। यस उपलब्धिसँगै उहाँले अन्तर्राष्ट्रिय स्तरमा नेपालको बाल तथा युवा नेतृत्व क्षमतालाई चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ।

    सूचीको पहिलो स्थान संयुक्त राज्य अमेरिका (USA) की एमिली रोज कार्टर (Emily Rose Carter) ले प्राप्त गरेकी छन्। विश्वभरका विभिन्न महादेश र देशका १०० प्रतिभाशाली बाल तथा युवा नेताहरू समेटिएको उक्त सूचीमा नेपालबाट दोस्रो स्थान हासिल हुनु ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।

    जाजरकोट निवासी हेमराज उपाध्याय दाहालले बाल अधिकार संरक्षण, सामाजिक रूपान्तरण तथा युवा नेतृत्व विकासका क्षेत्रमा पुर्‍याउँदै आएको उल्लेखनीय योगदानको कदरस्वरूप यो सम्मान प्राप्त गर्नुभएको हो। उहाँका निरन्तर प्रयास, स्पष्ट दूरदृष्टि र प्रेरणादायी नेतृत्व शैलीले विश्वभरिका बाल तथा युवाहरूलाई सकारात्मक परिवर्तनतर्फ उत्प्रेरित गरेको WFYF ले जनाएको छ।
    WFYF का अध्यक्षले जारी गरेको वक्तव्यमा भनिएको छ,
    “हेमराज उपाध्याय दाहालले देखाएको प्रतिबद्धता, समर्पण र दूरदृष्टिले विश्वका बाल तथा युवाहरूमा सकारात्मक परिवर्तनको सशक्त सन्देश दिएको छ। उहाँ समाजमा वास्तविक र दिगो परिवर्तन ल्याउन सक्ने युवा नेता हुनुहुन्छ।”

    यो अन्तर्राष्ट्रिय मान्यतासँगै हेमराज उपाध्याय दाहाल विश्वको शीर्ष दुई स्थान हासिल गर्ने पहिलो नेपाली बाल–युवा नेता बन्न सफल हुनुभएको छ। यस उपलब्धिले नेपालको बाल तथा युवा नेतृत्व क्षमता, सामाजिक चेतना र अन्तर्राष्ट्रिय योगदानलाई विश्वमाझ उजागर गरेको छ।



    lumbinisanjal   
  • २०८२ माघ २३, शुक्रबार ०८:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP