• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    इक्यान रुपन्देही र थाइरो ल्याब बुटवलबिच ल्याब परीक्षण सम्झौता

    • lumbinisanjal
    • २०८२ माघ २२, बिहीबार १३:४७
    2.9K
    SHARES
    इक्यान रुपन्देही र थाइरो ल्याब बुटवलबिच ल्याब परीक्षण सम्झौता

    बुटवल ,२२ माघ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो ल्याव बुटवल बिच ल्याव परीक्षण सम्झौता भएको छ । इक्यान रुपन्देहीमा आबद्द संघका सदस्य , कर्मचारी र परिवारजनका साथै विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई स्वास्थ्य उपचारमा सहजता ल्याउनका लागि सम्पुर्ण ल्याव रगत, खकार, दिशापिसाव र अन्य जाँचहरुमा विशेष छुट हुने सम्झौता भएको छ ।

    विहिबार बुटवलमा एक समारोहको आयोजना गरी दुबै पक्षले हस्ताक्षर गर्नुभएको हो । थाइरो ल्याव बुटवलका तर्फबाट प्रवन्ध निर्देशक दिपु केसी र इक्यानका तर्फबाट अध्यक्ष गोविन्द बस्नेतले हस्ताक्षर गर्नु भएको छ ।

    सम्झौता पत्रमा इक्यान रुपन्देहीका सदस्य र परिवारका सदस्यहरुका लागि सामान्य प्रयोगशाला परीक्षणहरुमा ३० प्रतिशत, उन्नत प्रयोगशाला परीक्षणहरुमा २५ प्रतिशत, हिस्टोपाथोलोजी परीक्षणहरुमा २० प्रतिशत र आउटसोर्स प्रयोगशाला परीक्षणहरुमा १० प्रतिशत छुट हुने उल्लेख गरिएको छ ।

    यसैगरी इक्यान रुपन्देहीका कर्मचारी तथा परिवारका लागि सामान्य प्रयोगशाला परीक्षणहरुमा २५ प्रतिशत, उन्नत प्रयोगशाला परीक्षणहरुमा २० प्रतिशत, हिस्टोपाथोलोजी परीक्षणहरुमा १५ प्रतिशत र आउटसोर्स प्रयोगशाला परीक्षणहरुमा ५ प्रतिशत छुट हुने उल्लेख गरिएको छ ।

    सम्झौता पत्रमा हस्ताक्षर गर्दे इक्यान रुपन्देही अध्यक्ष गोविन्द बस्नेतले ल्याव परिक्षण सम्झौताले संघका सदस्य , कर्मचारी र परिवारजनका साथै विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई स्वास्थ्य उपचारमा सहजता ल्याउने बताउनु भयो । यसै गरी ल्यावका प्रवन्ध निर्देशक दिपु केसीले सवै सेवा सुविधा थाइरो ल्यावमा उपलब्ध हुने भएकोले बिरामीलाई महंगो शुल्क तिरेर प्रयोगशाला परीक्षण गर्ने काठमाडौं जान नपर्ने बताउनुभयो ।

    नयाँ व्यवस्थापनमा सञ्चालन गरिएको उक्त ल्यावको स्तर बृद्धिसंगै टच प्रोफाईल सुरु गरिएको उहाँले बताउनुभयो ।
    टच प्रोफाईल परीक्षण अहिलेसम्म यस आसपासमा गरिँदैन । यहाँको आवश्यकता महशुस गरी लक्षित विरामीलाई सुविधालाई मध्येनजर गरेर सेवा सुरु गरिएको केसीले बताउनु भयो । यो प्रविधिबाट टच प्रोफाईलको २ घण्टामा रिपोर्ट दिन सकिन्छ ।
    नयाँ व्यवस्थापनसहित सञ्चालित थाइरोले आफ्ना सेवाहरुलाई समेत विशिष्टिकृत गर्दै अगाडि बढेको ल्याव ईञ्चार्ज अमृत सापकोटाले जानकारी दिनुभयो ।



    lumbinisanjal   
  • २०८२ माघ २२, बिहीबार १३:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP