• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सुदूरपश्चिम प्रदेश सभालाई प्रधानमन्त्रीले आज सम्बोधन गर्नुहुने

    • lumbinisanjal
    • २०८१ फाल्गुन २५, आईतवार ०५:२८
    2.3K
    SHARES
    सुदूरपश्चिम प्रदेश सभालाई प्रधानमन्त्रीले आज सम्बोधन गर्नुहुने

    धनगढी, २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (आइतबार) सुदूरपश्चिम प्रदेश सभालाई विशेष सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीले दिनको १ बजे बस्ने प्रदेश सभालाई सम्बोधन गर्नुहुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले प्रदेश सभालाई सम्बोधन गर्नु यस प्रदेशका लागि ठुलो अवसर रहेको प्रदेश सभा सदस्य धर्मराज पाठकले बताउनुभयो ।

    शनिबार बसेको प्रदेश सभा बैठकमा ढ्यापढ्यापे समय माग गरेर उहाँले प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेबारे सदनलाई जानकारी गराउनुभएको थियो । ठुलो लगानीमा गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनका लागि बनेको संरचना अलपत्र रहेको अवस्थामा प्रधानमन्त्री ओलीको सम्बोधनले ठुलो अर्थ राख्ने उहाँको भनाइ थियो । पाठकले प्रदेश सभामा रहेका सम्पूर्ण दललाई एउटा साझा धारणा बनाएर प्रधानमन्त्रीलाई बुझाउनका लागि आग्रहसमेत गर्नुभयो ।

    “सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको छ,” उहाँले भन्नुभयो, “यो विधेयकलाई चाँडै पारित गर्न दबाब दिनका लागि हामी सबैले एउटा साझा धारणा बनाएर संकल्प प्रस्ताव पारित गरौँ ।”



    lumbinisanjal   
  • २०८१ फाल्गुन २५, आईतवार ०५:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP