• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    मदानेले ल्यायो ५४ करोड ९४ लाख रुपैयाँको बजेट

    • lumbinisanjal
    • २०८२ असार ११, बुधबार २१:४३
    1.8K
    SHARES
    मदानेले ल्यायो ५४ करोड ९४ लाख रुपैयाँको बजेट

    गुल्मी ,११ असार । गुल्मीको मदाने गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५४ करोड ९४ लाख रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरेको छ ।

    असार १० गते मङ्गलवार पुर्कोटदहस्थित पालिकाको सभाहलमा बसेको गाउँसभाको १७ औँ अधिवेशन अन्तर्गतको दोस्रो बैठकमा उपाध्यक्ष सरिता खड्काद्धारा आगामी वर्षको बजेट प्रस्तुत गरिएको थियो ।

    गाउँपालिकाका सूचना अधिकारी सुशील पोख्रेलका अनुसार सोही बैठकमा मदाने गाउँपालिकाको विनियोजन विधेयक र आर्थिक विधेयक २०८२ पनि पेश गरिएको थियो ।

    बजेटले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको तथा नीति तथा कार्यक्रम अनुसार आवश्यकता अनुसार समग्र क्षेत्रलाई समेट्ने गरी बजेट तयार पारिएको सुचना अधिकारी पोख्रेलले बताए ।



    lumbinisanjal   
  • २०८२ असार ११, बुधबार २१:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP