• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    १८ औं गभर्नरको रुपमा पौडेल नियुक्त

    • lumbinisanjal
    • २०८२ जेष्ठ ६, मंगलवार १८:४८
    3.3K
    SHARES
    १८ औं गभर्नरको रुपमा पौडेल नियुक्त

    काठमाडौं ,६ जेठ । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पौडेललाई १८ औं गभर्नरको रुपमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    आजै बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । राष्ट्र बैंकमा डेढ महिनापछि गभर्नर पद रिक्त छ । चैत २३ गते महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको हो । आजै बसेको प्रधानमन्त्री र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नरको रुपमा नियुक्त गर्ने सहमति भएको थियो ।

    यसअघि गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । योबीचमा गभर्नरको सम्भावित उम्मेदवारहरूमा एक दर्जन बढीको नाम चर्चामा थियो । तीमध्ये कुनै पनि नाममा सहमति जुट्न नसकेपछि देउवाले सिफारिस समितिमा रहेका पौडेललाई वैकल्पिक उम्मेदवारको रुपमा अघि सारेका थिए । सत्ता साझेदार दलको लामो माथापच्चीपछि अन्ततः गभर्नर नियुक्ति हुन सकेको हो ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ६, मंगलवार १८:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP