• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपाल डेरी एसोसिएसन लुम्बिनीको अध्यक्षमा न्यौपाने पुनः सर्वसम्मत

    • lumbinisanjal
    • २०८२ पुष २४, बिहीबार २१:३०
    988
    SHARES
    नेपाल डेरी एसोसिएसन लुम्बिनीको अध्यक्षमा न्यौपाने पुनः सर्वसम्मत

    बुटवल, २४ पुस । नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट थानेश्वर न्यौपाने अध्यक्षमा पुनः सर्वसम्मत चयन भएका छन्।

    अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा कमलप्रसाद भुसाल, सचिवमा विजय सापकोटा, कोषाध्यक्षमा लेखनाथ भण्डारी तथा सह–सचिवमा लिलाराम भुसाल (एलआर) चयन भएका छन्।

    यस्तै, कार्यसमिति सदस्यहरूमा सन्दीप जैसवाल, लोकराज पोखरेल, कासिराम भट्टराई, कमलप्रसाद आचार्य, सनम शर्मा, नर्जन श्रेष्ठ, हरि देवकोटा (प्रकाश), पवन भट्टराई, जनदीप न्यौपाने र नवराज सापकोटा चयन भएका छन्।

    अधिवेशनमा लुम्बिनी प्रदेशको डेरी उद्योगको वर्तमान अवस्था, दूध उत्पादन वृद्धि, किसानको हित संरक्षण, बजार व्यवस्थापन तथा उद्योगले भोग्दै आएका विविध समस्याबारे विस्तृत छलफल गरिएको थियो।

    नव–निर्वाचित अध्यक्ष न्यौपानेले लुम्बिनी प्रदेशको डेरी क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी र दिगो बनाउँदै किसान र उद्योगबीच समन्वय मजबुत गर्ने दिशामा संघ एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



    lumbinisanjal   
  • २०८२ पुष २४, बिहीबार २१:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP