• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोट गाउँपालिका वडा नं. ४ जैसीथोकका दुई टोल पूर्ण सरसफाई टोल घोषणा

    • lumbinisanjal
    • २०८२ पुष २३, बुधबार २०:०८
    4.2K
    SHARES
    धुर्कोट गाउँपालिका वडा नं. ४ जैसीथोकका दुई टोल पूर्ण सरसफाई टोल घोषणा

    बासुदेव पोखरेल/ गुल्मी,२३ पुस । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ४, जैसीथोकका साविक वडा नम्बर ४ र ७ का दुई टोललाई पूर्ण सरसफाई टोल घोषणा गरिएको छ ।

    उक्त कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि भुपाल पोखरेलले सरसफाईलाई जीवनशैलीसँग जोडेर निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । उहाँले स्वच्छ र सफा टोलले स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

    कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष तथा विशेष अतिथि सीता गिरीले सरसफाईसम्बन्धी विभिन्न सूचकहरूको प्रतिबद्धता ग्रहण गराउँदै, घोषणामात्रै होइन व्यवहारमै लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

    त्यस्तै धुर्कोट गाउँपालिकाका वडास्तरीय प्रमुख छविलाल विश्वकर्माले सरसफाईले वातावरण, स्वास्थ्य र सामाजिक चेतनामा सकारात्मक प्रभाव पार्ने बताउँदै सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो ।

    वडा अध्यक्ष वीरबहादुर कुँवरको अध्यक्षता तथा वडा सचिव अशोक खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

    वडा अध्यक्ष कुँवरका अनुसार अहिले वडामा दुई टोलमात्रै पूर्ण सरसफाई घोषणाको चरणमा बाँकी रहेका छन् । ती टोललाई समेत छिट्टै पूर्ण सरसफाई टोल घोषणा गरी वडा नम्बर ४ लाई पूर्णरूपमा सरसफाई वडा घोषणा गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।



    lumbinisanjal   
  • २०८२ पुष २३, बुधबार २०:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP