• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    चिसो र शीतलहरका कारण बुटवलका विद्यालय ३ दिन बन्द हुने

    • lumbinisanjal
    • २०८२ पुष ९, बुधबार १९:१४
    1.3K
    SHARES
    चिसो र शीतलहरका कारण बुटवलका विद्यालय ३ दिन बन्द हुने

    बुटवल ,९ पुस । अत्यधिक चिसो र शीतलहरका कारण बुटवल उपमहानगरपालिकाले ३ दिन विद्यालय बन्द गर्ने भएको छ ।बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुधबार एक सुचना जारी गरी पुस ११, १३ र १४ गते नगर भित्रका सबै विद्यालय बन्द गर्न निर्देशन दिएका हुन् ।

    उपमहानगरपालिकाका अनुसार वार्षिक विदाबाट कट्टी हुने विद्यालयलाई विदा दिइएको हो ।

    उपमहानगरपालिकाले चिसोको समयमा विद्यार्थीहरूलाई आवश्यक सावधानी अपनाउन तथा स्वास्थ्य सुरक्षामा ध्यान दिन अभिभावक र विद्यालय प्रशासनलाई आग्रहसमेत गरेको छ।



    lumbinisanjal   
  • २०८२ पुष ९, बुधबार १९:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP