• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    करिश्मा पोलिक्लिनिकमा १०० भन्दा बढीले गरे निःशुल्क थाइराइड तथा सुगर जाँच

    • lumbinisanjal
    • २०८२ मंसिर ४, बिहीबार ०५:५६
    4.2K
    SHARES
    करिश्मा पोलिक्लिनिकमा १०० भन्दा बढीले गरे निःशुल्क थाइराइड तथा सुगर जाँच

    बुटवल,०४ मंसिर । विश्व मधुमेह दिवसको अवसरमा बुटवलको अस्पताल लाइनस्थित करिश्मा पोलिक्लिनिक प्रा. लि. मा आयोजित निःशुल्क स्वास्थ्य परीक्षणमा १०० भन्दा बढीले थाइराइड तथा सुगर जाँच गराएका छन्।

    पोलिक्लिनिकले जनस्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरेको सो कार्यक्रममा बुटवल उपमहानगरपालिका र छिमेकी स्थानिय तहका नागरिकको उल्लेख्य सहभागिता देखिएको थियो।

    पोलिक्लिनिकका सञ्चालक अशोक राईले मधुमेह तथा थाइराइड जस्ता समस्या समयमै परीक्षण र निगरानी गर्न सकिएमा दीर्घकालीन जटिलता न्यून हुने बताए।

    उनका अनुसार, “हाम्रो समुदायमा मधुमेह र थाइराइडका जोखिम बढ्दो क्रममा छन्। यस्ता निःशुल्क परीक्षण कार्यक्रममार्फत मानिसहरूलाई स्वास्थ्यप्रति जागरूक बनाउँदै प्रारम्भिक चरणमै रोग पहिचान गर्ने उद्देश्य राखेका हौँ,” राईले भने।

    उनले आगामी दिनमा पनि यसैगरी समुदायमुखी स्वास्थ्य कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे।



    lumbinisanjal   
  • २०८२ मंसिर ४, बिहीबार ०५:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP