• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    महिलाविरुद्धका अवरोध तोड्न आवश्यक : परराष्ट्रमन्त्री राणा

    • lumbinisanjal
    • २०८१ फाल्गुन २४, शनिबार ०६:२१
    2.9K
    SHARES
    महिलाविरुद्धका अवरोध तोड्न आवश्यक : परराष्ट्रमन्त्री राणा

    काठमाडौं , २४ फाल्गुण । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न सबैको सहकार्य आवश्यक रहेको बताएकी छिन् ।

    अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले आजको युगमा पनि महिला भएकै कारण विविध खालका विभेदजन्य हिंसा तथा अवरोधहरू उत्पन्न हुने गरेकाले यसलाई तोड्न सबैको सहकार्य आवश्यक रहेको बताइन् ।

    नेपालको महिला आन्दोलनले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै मन्त्री राणाले विकसित मुलुकको तुलनामा नेपाली नागरिकहरूको आधारभूत आवश्यकता सुनिश्चितता अझै हुन नसकेको बताइन् ।

    उनले विगतदेखि नै आफू महिला अधिकारका लागि निरन्तर खबरदारी गर्दै आएको स्मरण गर्दै महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    मन्त्री राणाले ग्रामीण र सीमान्तकृत समुदायका महिलाको क्षमता वृद्धि गरी राज्य सञ्चालनका क्षेत्रमा उनीहरूको पहुँच पुर्‍याइ किशोरीहरूको भविष्य सुनिश्चितताका लागि एकताबद्ध भएर लाग्न अनुरोध गरेकी छिन् ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २४, शनिबार ०६:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP