• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    चुनाव नजिकिँदै गर्दा जेन-जी आन्दोलनका क्रममा भागेका सात कैदी पक्राउ

    • lumbinisanjal
    • २०८२ फाल्गुन ४, सोमबार १५:०३
    1.4K
    SHARES
    चुनाव नजिकिँदै गर्दा जेन-जी आन्दोलनका क्रममा भागेका सात कैदी पक्राउ

    काठमाडौं, ०४ फागुन । उपत्यकाका विभिन्न कारागारबाट फरार भएका सात जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार खोजतलासका क्रममा उनीहरूलाई आइतबार नियन्त्रणमा लिई सम्बन्धित कारागार कार्यालयमा दाखिला गरिएको हो।

    प्रहरीका अनुसार पक्राउ परेकाहरू विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका थिए। पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–१ घर भई गोकर्णेश्वर–६ बन्चरेटार चोक बस्दै आएका ४१ वर्षीय तेन्जिङ बहादुर तामाङ (डाँका चोरी), लमजुङ दूधपोखरी–४ घर भई कलंकी बस्ने २० वर्षीय प्रितम गुरुङ (चोरी) र कञ्चनपुर पुनर्वास घर भई सुन्धारा बस्ने २३ वर्षीया बविता तामाङ (मानव बेचबिखन तथा ओसारपसार) रहेका छन्।

    त्यसैगरी काभ्रेपलान्चोक ठाँटीचापखोरी घर भएका २२ वर्षीय विक्रम नेपाली (नकबजनी चोरी), दोलखा मेलुङ–२ घर भएका भुवन तामाङ (लागुऔषध), सिन्धुली फिक्कल–३ घर भएका अनिस मगर (ज्यान मार्ने उद्योग) तथा भारत घर भएका रोशन साह (लागुऔषध) पनि पक्राउ परेका छन्।

    परिसरले फरार कैदीबन्दीको खोजी कार्यलाई निरन्तरता दिँदै कानुन कार्यान्वयनमा कडाइ गरिरहेको जनाएको छ।

    प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई सम्बन्धित कारागार पठाइएको छ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ४, सोमबार १५:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP