• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    एनपिएल : काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सको भिडन्त आज

    • lumbinisanjal
    • २०८२ मंसिर ३, बुधबार १३:०८
    1.6K
    SHARES
    एनपिएल : काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सको भिडन्त आज

    काठमाडौँ, ३ मङ्सिर  । नेपाल प्रिमियर लिग (एनपिएल) मा बुधबार काठमान्डु गोरर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ ४:०० बजे सुरु हुने खेलमा दुवै टोली जितका लागि आतुर रहेका छन् । काठमान्डु लिगमा लगातार दोस्रो जित निकाल्ने तयारीमा छ ।

    एनपिएलको उद्घाटन खेलमा काठमान्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटको लज्जास्पद हार चखाएको थियो ।

    यता सुदूरपश्चिम दोस्रो संस्करणमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । साविक उपविजेता सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुरसँग पाँच विकेटले पराजित भएको थियो ।

    पहिलो खेलमा जनकपुरलाई हराएको काठमान्डुमा उच्च मनोबल छ । यस्तै सुदूरपश्चिमलाई अघिल्लो सिजनको सानदार प्रदर्शनको साख जोगाउनुसँगै दर्शकको मन जित्नुछ । दर्शकको बलियो साथ पाउने गरेको सुदूरपश्चिममा क्रिकेटको क्रेज निक्कै लोकप्रिय छ ।

    राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा रहेको काठमान्डु र राष्ट्रिय टोलीकै घरेलु प्रशिक्षक जगत टमटाको नियमित प्रशिक्षणमा रहेको सुदूरपश्चिमबिचको भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ । दुवै टोलीमा राम्रो विदेशी खेलाडी र उत्कृष्ट स्वदेशी खेलाडीको सन्तुलन छ ।



    lumbinisanjal   
  • २०८२ मंसिर ३, बुधबार १३:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP