• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    स्वास्थ्य संस्थामा समेत दुईदिन बिदा लागु, आकस्मिक सेवा २४सै घण्टा

    • lumbinisanjal
    • २०८३ बैशाख ४, शुक्रबार १४:४७
    923
    SHARES
    स्वास्थ्य संस्थामा समेत दुईदिन बिदा लागु, आकस्मिक सेवा २४सै घण्टा

    काठमाडौं ,४ बैशाख । दुईदिने सार्वजनिक बिदा स्वास्थ्य संस्थामा पनि लागु गरिने भएको छ ।

    स्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्य संस्थामा पनि हप्ताको दुईदिन (शनिबार र आइतबार) बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ ।

    मन्त्रालयका अनुसार, बिदाको समयमा पनि बिरामीको उपचारमा कुनै बाधा नपुग्ने गरी ओपीडी र आकस्मिक सेवा २४सै घण्टा सञ्चालनमा रहने व्यवस्था गरिएको छ ।

    मन्त्रालयले अस्पतालहरूलाई बिरामीलाई सास्ती नपर्ने गरी सेवा व्यवस्थापन गर्न निर्देशन दिएको छ । आइतबारका लागि पूर्वनिर्धारित शल्यक्रिया बिरामीको सहजता हेरी पुनर्तालिकीकरण गरिने उल्लेख गरिएको छ ।

    यस्तै, मन्त्रालयले एम्बुलेन्स सेवालाई पनि जुनसुकै समयमा तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । बिदाको दिनमा उपलब्ध हुने सेवाबारे अस्पतालले आफ्नो वेबसाइट तथा सूचनापाटीमार्फत जानकारी सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।



    lumbinisanjal   
  • २०८३ बैशाख ४, शुक्रबार १४:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP