• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    थाई एयर एशियाले गौतमबुद्ध विमानस्थलबाट पुनः उडान सुरु गर्‍यो

    • lumbinisanjal
    • २०८२ कार्तिक ९, आईतवार १५:०७
    2.2K
    SHARES
    थाई एयर एशियाले गौतमबुद्ध विमानस्थलबाट पुनः उडान सुरु गर्‍यो

    भैरहवा, ९ कार्तिक । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको वायुसेवा कम्पनी थाई एयर एशियाले पुनः व्यावसायिक उडान सुरु गरेको छ।

    कम्पनीले २०८१ कार्तिक १८ गतेदेखी यस विमानस्थलबाट पहिलो व्यावसायिक उडान थालेको भए पनि विभिन्न कारणले बीचमा सेवा स्थगित गरेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ‘विन्टर सेड्युल’ स्वीकृत भएपछि कम्पनीले आइतबारदेखि पुनः उडान सञ्चालन गरेको हो।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार थाई एयर एशियाले हप्तामा दुई दिन — आइतबार र बुधबार — बैंकक–भैरहवा–बैंकक सिधा उडान सेवा सञ्चालन गर्नेछ।

    उनका अनुसार आइतबार दिउँसो १२:१५ बजे बैंककबाट १७ जना यात्रु लिएर आएको विमान १६७ जना यात्रु लिएर १:१५ बजे बैंकक प्रस्थान गरेको थियो।

    भैरहवाबाट नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सेवा नदिँदा र केवल काठमाडौं केन्द्रित उडान सञ्चालन गर्दा सरकार आलोचनामा परेको छ। यसअघि यस विमानस्थलबाट कतार एयरवेज, फ्लाई दुबई र जजिरा एयरवेजले समेत उडान भर्दै आएका थिए।



    lumbinisanjal   
  • २०८२ कार्तिक ९, आईतवार १५:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP