• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

    • lumbinisanjal
    • २०८२ भाद्र १८, बुधबार ११:१९
    3.2K
    SHARES
    सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं,१८ भदौ ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    मंगलबार प्रतितोला सुन दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला दुई हजार रुपैयाँ बढेको हो । चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर दुई हजार ४८० रुपैयाँ कायम भएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



    lumbinisanjal   
  • २०८२ भाद्र १८, बुधबार ११:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP