• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    देवदह महामाया भवानी मावि : गठवन्धनलाई हराउँदै काँग्रेस निकटका उम्मेद्वार विजयी

    • lumbinisanjal
    • २०८२ भाद्र १७, मंगलवार १७:११
    3K
    SHARES
    देवदह महामाया भवानी मावि : गठवन्धनलाई हराउँदै काँग्रेस निकटका उम्मेद्वार विजयी

    बुटवल , १७ भदौ । रुपन्देहीको देवदहमा रहेको महामाया भवानी माध्यमिक विद्यालयमा भएको विद्यालय ब्यवस्थापन समितिको निर्वाचनमा नेपाली काँग्रेस निकट उम्मेद्धवार बिजयी भएका छन् ।

    उक्त विद्यालयकाे व्यवस्थापन समितिको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्धवारका विरुद्ध नेकपा एमाले, रास्ट्रिय स्वतन्त्र पार्टी,  नेकपा एकीकृत समाजबादी, नागरिक उन्मुक्ती लगायतका दलहरुको संयुक्त  गठबन्धन बनाई निर्वाचनमा होमिएका थिए । संयुक्त गठबन्धनलाई भत्काउँदै नेपाली काँग्रेस निकट उम्मेद्धवारहरु बिजयी भएका हुन् ।

    जसमा विद्यालय ब्यवस्थापन समितिको सदस्यमा कृष्णप्रसाद श्रेष्ठ १४८, ओमप्रकाश श्रेष्ठ १५१, सरस्वती पौडेल पोखरेल १५४ र सान्ती एस्केले १४९ मत ल्याई निर्वाचित हुँदा विपक्षी गठबन्धनका सिमा चौधरी ११३, मनबहादुर दर्जी १११, कोपिला राना ११२ र केशरी माया गुरुङले १०७ मत प्राप्त गर्नुभएको छ ।

    निर्वाचन लगत्तै बसको बैठकले समाजसेवी तथा शिक्षाप्रेमी लच्छु न्यौपानेलाई अध्यक्षमा सर्वसहम्मत चयन गरेको छ  । त्यस्तै विद्यालय ब्यवस्थापन समितिको सदस्यमा पुष्पा खवासलाई मनोनित गरेको नवनिर्वाचित सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।



    lumbinisanjal   
  • २०८२ भाद्र १७, मंगलवार १७:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP