• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा बीपी स्मृति साहित्य साँझ, तीन दर्जनभन्दा बढी स्रष्टाको प्रस्तुति , करिब ५ सय जनाको सहभागिता

    • lumbinisanjal
    • २०८२ श्रावण ८, बिहीबार १५:२१
    1.5K
    SHARES
    बुटवलमा बीपी स्मृति साहित्य साँझ, तीन दर्जनभन्दा बढी स्रष्टाको प्रस्तुति , करिब ५ सय जनाको सहभागिता

    बुटवल,८ साउन  । नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा बुटवलमा “बीपी स्मृति साहित्य साँझ” कार्यक्रम सम्पन्न भएको छ।नेपाली काँग्रेस क्षेत्र नं. २, रुपन्देहीद्वारा आयोजित कार्यक्रममा ३७ जना साहित्यकारले कविता, गजल, मुक्तक लगायतका साहित्यिक रचनामार्फत बीपी कोइरालाको व्यक्तित्व, विचार, समाजवाद र लोकतान्त्रिक आन्दोलनमा उहाँको भूमिकालाई उजागर गरे।

    कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बीपीले अघि सारेको समाजवाद अहिलेका अधिकांश राजनीतिक दलका नारामा सीमित भएको उल्लेख गर्दै उहाँका सिद्धान्तलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए। साहित्यिक माध्यमबाट नेतृत्वलाई मार्गदर्शन दिने विश्वास आफूले लिएको पनि उनले स्पष्ट पारे।

    पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले बीपीसँग बिताएको समय सम्झँदै उहाँ शान्तिपूर्ण र सशस्त्र आन्दोलन दुवैमा सिद्धहस्त नेता रहेको उल्लेख गरे। उनले बीपीको विचार शब्दमा मात्र समेट्न नसकिने धारणा व्यक्त गरे। कांग्रेस क्षेत्र नं. २ का सभापति प्रजापाल गिरीले हजुरबुवादेखि नातिसम्मका चार पुस्ताले एउटै उद्देश्यका साथ बीपीका विचारहरूलाई बुझ्न, आत्मसात गर्न र साहित्यिक माध्यमबाट अभिव्यक्त गर्न यो कार्यक्रम आयोजना गरिएको बताए।

    कार्यक्रममा नेपाली काँग्रेसका नेता, कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्था, साहित्यकार, बुद्धिजीवी र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमको सञ्चालन सचिव विमलराज भट्टराईले गरेका थिए भने स्वागत मन्तव्य उपसभापति खड्गबहादुर महतले दिएका थिए।

     



    lumbinisanjal   
  • २०८२ श्रावण ८, बिहीबार १५:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP