• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    युके पठाइदिने भन्दै ११ करोडभन्दा बढी ठगी गर्ने दुईजना पक्राउ

    • lumbinisanjal
    • २०८२ जेष्ठ २७, मंगलवार ०४:५१
    3K
    SHARES
    युके पठाइदिने भन्दै  ११ करोडभन्दा बढी ठगी गर्ने दुईजना पक्राउ

    काठमाडौं,२७ जेठ । वैदेशिक रोजगारीमा युके पठाइदिने भन्दै ११ करोड ६ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा मोरङ रतुवामाई नपा-१० घर भई हाल काठमाडौँ महानगरपालिका–६, सरस्वती नगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली, सबेला नपा-१२, धनुषा घर भई हाल काठमाडौँ महानगरपालिका–३२, नरेफाँट बस्ने ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।

    महेश लिम्बुको जाहेरीका आधारमा वादी नेपाल सरकार रहेको वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँले काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गरिदिने भन्दै पत्र पठाएको थियो। पत्र प्राप्तपछि उक्त कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई आइतबार काठमाबाट पक्राउ गरेको हो।

    पक्राउपछि उनीहरूलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीको लागि सोमबार वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए।

    हालसम्मको अनुसन्धानमा उनीहरूले ३८ जना पीडितलाई “युकेमा रोजगारीमा पठाइदिन्छौं” भन्दै आकर्षक प्रस्ताव राखी विश्वासमा पारेर ११,०६,९७,००० (एघार करोड छ लाख सन्तानब्बे हजार) ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ २७, मंगलवार ०४:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP