• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोट गाउँपालिकामा पूँजीगत बजेट खर्चको उत्कृष्ट कार्यान्वयन, वडा नं. ५ बस्तु अग्रस्थानमा

    • lumbinisanjal
    • २०८२ जेष्ठ १२, सोमबार १०:०९
    8K
    SHARES
    धुर्कोट गाउँपालिकामा पूँजीगत बजेट खर्चको उत्कृष्ट कार्यान्वयन, वडा नं. ५ बस्तु अग्रस्थानमा

    बासुदेव पोखरेल गुल्मी/ १२ जेठ । संघीय र प्रदेश सरकारहरू पूँजीगत बजेट खर्च गर्न नसकेको आलोचना भइरहेका बेला नेपालकै नमुना धुर्कोट गाउँपालिकाका वडाहरू भने दोश्रो चौमासिकमै प्रभावकारी बजेट खर्च गरेर उदाहरण प्रस्तुत गर्न सफल भएका छन्।

    आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्मको विवरणअनुसार वडा नं. ५ बस्तु सबैभन्दा उत्कृष्ट देखिएको छ। यो वार्डले चालु खर्च ४९.९५% र पूँजीगत खर्च ९३.७१% गरी जम्मा खर्च ७६.६६% पुर्‍याएको छ। वडाध्यक्ष केशवराज भण्डारीको नेतृत्वमा यो वडाले गाउँपालिकाभरकै उच्चतम प्रगति देखाएको हो।

    दोस्रो स्थानमा रहेको वार्ड नं. १ ले चालु खर्च ३४.२५%, पूँजीगत खर्च ५७.५३%, र जम्मा खर्च ६३.९६% पुर्‍याएको छ। अध्यक्ष चेतमान कुँवरको नेतृत्वमा वडा नं. १ नयाँगाउँले योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरेको देखिन्छ।

    तेस्रो स्थानमा परेको वार्ड नं. ६ को चालु खर्च ४४.४०%, पूँजीगत खर्च ५७.९२%, र जम्मा खर्च ६२.६५% रहेको छ। अध्यक्ष कृष्ण नेपालीको संयोजनमा यो वडाले जनअपेक्षाअनुसार सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याएको छ। यस उपलब्धिमा वडाध्यक्षहरूका साथमा सबै वडा सदस्य, कर्मचारी, प्राविधिक र स्थानीय बासिन्दाको सक्रिय भूमिकाको प्रशंसा गरिएको छ।

    अन्य वार्डहरूको विवरण यसप्रकार छ:

    वार्ड नं. २: चालु खर्च ३६.५३%, पूँजीगत खर्च २२.५४%, जम्मा खर्च २८.३७%

    वार्ड नं. ३: चालु खर्च ३५.५३%, पूँजीगत खर्च ४५.४४%, जम्मा खर्च ४०.५५%

    वार्ड नं. ४: चालु खर्च २६.१४%, पूँजीगत खर्च २७.२६%, जम्मा खर्च २७.३१%

    वडा नं. ७: चालु खर्च २३.६५%, पूँजीगत खर्च २१.१२%, जम्मा खर्च २२.३२%

    धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले देशकै अग्रणी र सुबिधा सम्पन्न स्थानिय तहमा बजेट खर्च गर्न धौधौ भएको बेला सिमित स्रोत र साधनका बाबजुद पनि पुँजीगत बजेट खर्च गरेर उदाहरणिय कार्य गरेकोमा बिभिन्न वार्डका जनप्रतिनिधी , कर्मचारी एवम स्थानिय नागरिकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १२, सोमबार १०:०९
  • #bhupal pokhrel #chetman kunwar #gyanuram panthi #keshabraj bhandari #sita giri

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP