• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    लोकतान्त्रिक निर्माण व्यवसायी संघ गुल्मीको अधिबेशन सम्पन्न, अध्यक्षमा गगन

    • lumbinisanjal
    • २०८२ जेष्ठ १०, शनिबार १७:१३
    5.5K
    SHARES
    लोकतान्त्रिक निर्माण व्यवसायी संघ गुल्मीको अधिबेशन सम्पन्न, अध्यक्षमा गगन

    बुटवल , १० जेठ । लोकतान्त्रिक निर्माण व्यवसायी संघ गुल्मीको प्रथम अधिबेशन सम्पन्न भएको छ । प्रथम जिल्ला अधिबेशनले निर्विरोध निर्वाचित कार्यसमिती चयन गरेको छ जस्को अध्यक्षमा गगन केसी निर्वाचित भएका छन् त्यस्तै अधिबेशनबाट उपाध्यक्षमा जमुना न्यौपाने , संजय पन्थी महासचिबमा प्रकाश बुढाथोकी उप -महासचिबमा पुष्पा पन्थी , कमल पोख्रेल कोषाध्यक्षमा खुम खत्री सह-कोषाध्यक्षमा खडानन्द पाण्डे त्यस्तै सदस्यहरुमा भोज प्रसाद श्रेष्ठ , नारायण जिसी , सुरेश श्रेष्ठ , बिजय पन्थी ,श्याम श्रेष्ठ ,महेन्द्र बगाले , दिपक पाण्डे , राजन श्रेष्ठ ,बाबुराम ज्ञवाली , बिजय पुनलाई निर्विरोध निर्वाचित गरिएको भिम न्यौपानेले लुम्बिनी सञ्जाललाई बताए ।

    नेपाली कांग्रेसका जिल्ला सभापति एवम रेसुङा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका संयोजक विश्व कुमार चन्दको बिशेष आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापती अनन्तराम पौडेल , जिल्ला कोषाध्यक्ष अखिलेस्वर पाण्डे, नेपाली कांग्रेस जिल्ला सह -सचिब धर्मराज पाण्डे, छबी पाण्डे ,निर्माण व्यवसाय संघ लुम्बिनी प्रदेश सदस्य हरिकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

    नगरप्रमुख एवम प्रमुख अतिथी पन्थीले लोकतान्त्रिक निर्माण व्यवसायीहरु जुटेर लाग्नुपर्ने बताउनुभएको थियो । उहाँले जुटेर लाग्दा कुनै काममा पनि समस्या नहुने र कुनै झन्झट उत्पन्न नहुने बताउनुभएको थियो । नयाँ निर्वाचित कार्यसमितीलाई बधाई तथा शुभकामना सहित रचनात्मक ढंगले अघी बढ्न आग्रह गर्नुभएको थियो ।

     

     



    lumbinisanjal   
  • २०८२ जेष्ठ १०, शनिबार १७:१३
  • #gulmi #khildhoj panthi

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP