• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    पहिरोका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध

    • lumbinisanjal
    • २०८२ जेष्ठ १०, शनिबार १०:२९
    2.2K
    SHARES
    पहिरोका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध

    बागलुङ,१० जेठ । अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण करिडोरको बागलुङ नगरपालिका– १० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प भएका छन् । मेसिन ल्याएर सडक खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक थापाको भनाइ छ । सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ ।

    बागलुङ नगरपालिकाको विभिन्न स्थानसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारे लगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सावारीसाधन ठप्प भएका छन् ।

    कोरिडोर भएर बुटवल, भैरहवा लगायतका ठाउँमा चल्ने सवारीसाधन ठप्प हुनुका साथै मुक्तिनाथ जाने पर्यटक पनि रोकिएका छन् ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १०, शनिबार १०:२९
  • #awarudda #kaligandaki coridor

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP