• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    भैरहवा निवासी डा. अर्यालले दिए एनआरएनए न्यूजील्यान्डको अध्यक्ष पदमा उम्मेद्वारी

    • lumbinisanjal
    • २०८१ फाल्गुन २८, बुधबार ०८:३३
    6.1K
    SHARES
    भैरहवा निवासी डा. अर्यालले दिए एनआरएनए न्यूजील्यान्डको अध्यक्ष पदमा उम्मेद्वारी

    बुटवल ,२८ फाल्गुण । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजील्यान्डको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

    बाल्यकालको शिक्षा भैरहवाकै तत्कालीन श्री ५ इन्द्रराज लक्ष्मी माध्यमिक विद्यालय र हालको लिलाराम न्यौपाने माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका अर्यालले पोखराबाट वन विज्ञानमा स्नातक अध्ययन पूरा गरेका थिए । त्यसपछि जर्मनीबाट वन विज्ञानमा स्नातकोत्तर गरेका उनले न्यूजील्यान्डस्थित म्यास्सी विश्वविद्यालयबाट पीएचडी समेत पूरा गरेका छन् ।

    डा. अर्याल विगत केही वर्षदेखि न्यूजील्यान्डमा बसोबास गर्दै आइरहेका छन् र एनआरएन अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । नेपाली समुदायको हकहित, प्रवासी नेपालीहरूबीचको एकता र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको उनले लुम्बिनीसञ्जाललाई बताए।

    एनआरएनए न्यूजील्यान्डको आगामी निर्वाचनमा उनको उम्मेदवारीले नयाँ दिशा दिन सक्ने अपेक्षा गरिएको छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २८, बुधबार ०८:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP