• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने

    • lumbinisanjal
    • २०८१ फाल्गुन २३, शुक्रबार ०५:२०
    1.7K
    SHARES
    अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने

    एजेन्सी ।
    काठमाडौं , २३ फाल्गुन । अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अर्को साता साउदी अरेबियामा अमेरिकासँग वार्ता हुने जानकारी दिएका हुन् ।

    जेलेन्स्कीले यो वार्ता महत्त्वपूर्ण हुने आशा व्यक्त गरेका छन् । जेलेन्स्कीले आफूले भने यी वार्ताहरूमा भाग लिने छैनन् । उनले युक्रेनले सकेसम्म चाँडो दिगो शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस(युक्रेन युद्ध अन्त्य गर्न शान्तिको मोडलमा छलफल गर्न चाहेको बताएका छन् ।

    गत शुक्रबार, ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्को बहस भएको थियो । जसको क्रममा ट्रम्पले जेलेन्स्की लडाइँ अन्त्य गर्न तयार नभएको बताएका थिए ।

    यसैबीच, अमेरिकाले युक्रेनलाई सैन्य सहयोग बन्द गरेको छ र गुप्तचर जानकारी साझा गर्न पनि बन्द गरेको छ । युक्रेनी राष्ट्रपतिले घटनाप्रति दु:ख व्यक्त गरेका छन् र देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् ।

    बिहीबार, विटकफले ट्रम्पले जेलेन्स्कीबाट माफी र कृतज्ञता सहितको पत्र प्राप्त गरेको बताए । रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेपछि अहिले युक्रेनी भूभागको लगभग २० प्रतिशत नियन्त्रण गरेको छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २३, शुक्रबार ०५:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP