• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    बुटवल महानगर बन्नका लागि तयार भएको छ – उपप्रधानमन्त्री सिंह

    • lumbinisanjal
    • २०८१ फाल्गुन ४, आईतवार ०८:५०
    3.2K
    SHARES
    बुटवल महानगर बन्नका लागि तयार भएको छ – उपप्रधानमन्त्री सिंह

    बुटवल, ४ फाल्गुन । बुटवल उपमहानगरपालिकाले आफ्नो ६६ औं स्थापना दिवस सनिवार मनाएको छ। बटौली बजारलाई वि.सं. २०१६ साल फागुन ३ गते बुटवल खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउंदै आएको छ। सोहि अनुसार सनिवार ६६ औं स्थापना दिवस मनाएको हो। उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थापना दिवसको उद्घाटन गर्नुभएको हो।

    सो अवसरमा बोल्दै उपप्रधानमन्त्री सिंहले बुटवलमा आर्थिक तथा धार्मिक पर्यटनको क्षेत्रमा विकास गर्न सक्ने प्रयाप्त सम्भावना रहेको बताए। उनले कतिपय वडाहरु नगरपालिका सरह रहेको र ति वडाहरुको काम र विकास हेरेर अन्य वडाहरुको पनि विकास गर्नुपर्ने बताए।

    उपप्रधानमन्त्री सिंहले नेपालमा २९३ नगरपालिका र ४६० गाउंपालिका गरि ७५३ वटा पालिका रहेको उल्लेख गर्दै कतिपय नगरपालिकाहरुको सेवा सुविधा गाउंपालिकाको भन्दा पनि कमजोर रहेकोले त्यस्ता पालिकाहरुले आफ्नो सेवालाई विकास गर्नुपर्ने बताए। उनले बुटवललाई नगरपालिकाबाट उपमहानगरपालिकामा स्तरउन्नती गर्दा पनि आफु उपप्रधानमन्त्री रहेको स्मरण गर्दै बुटवलले मापदण्ड पुरा गरेर महानगरपालिका बन्न सक्ने बताए।

    राजनीतिक स्थिरताको जनचाहना पूरा गर्न समयको आवश्यकता अनुसार संसद्का दुई ठुला दल मिलेर सरकार बनेको उल्लेख गर्दै उनले भने कुर्सीमा जानका लागि मात्र अहिलेको सरकार बनेको होइन उनले भने। संघीयताको मूल भावना अनुसार तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको छ। राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि सरकार लागेको छ।

    लुम्बिनी प्रदेशका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले बुटवलको विकासमा सबैको सहकार्य हुनुपर्नेमा जोड दिए। उनले सुकुम्वासी र अव्यवस्थित बसोबासी समस्या समाधानका लागि सरकारले कानुन निर्माण गरेर अघि बढ्न खोजेको र यसले बुटवलको समस्या समाधान हुने विश्वास व्यक्त गरे। विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले नगरको विकास र समृद्धि तथा नागरिकका अधिकारका लागि सहमति र सहकार्य महत्वपूर्ण रहेको बताए।

    बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको विकास र समृद्धिका लागि सबैबाट सहयोगको अपेक्षा गरेको बताए। स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको बुटवल उपमहानगरपालिकाले उत्कृष्ट करदाता, उत्कृष्ट कर्मचारी, उत्कृष्ट टोल विकास संस्था, उपभोक्ता समिति, उत्कृष्ट निर्माण व्यवसायी, सञ्चारकर्मी लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ४, आईतवार ०८:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP