• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    गौमुखीमा जेठ १८ गते नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

    • lumbinisanjal
    • २०८२ जेष्ठ ९, शुक्रबार १६:२१
    3.4K
    SHARES
    गौमुखीमा जेठ १८ गते नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

    बुटवल , ९ जेठ। प्युठानको गौमुखी गाउँपालिकाको आयोजना तथा प्युठान अस्पतालको प्राबिधिक सहयोग र स्वास्थ्य कार्यलय प्युठानको समन्वयमा नि:शुल्क बिशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ।

    २०८२ सालको जेठ १८ गते पुजा स्वास्थ्य चौकी लिवासेमा नि:शुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पौडेलले बताउनु भयो । शिविरमा निन्द्रा नलाग्ने, एकोहोरो हुने ,आत्महत्याको प्रयास गर्ने लगायतका स्वास्थ्य समस्या भएकाले उक्त बिशेषज्ञ स्वास्थ्य शिविरमा लाभ लिन सक्ने पौडेल बताउनुहुन्छ ।

    गाउँपालिकाले एक बिज्ञप्ती जारी गर्दै जेठ १८ गते बिहान १० बजे देखी ५ बजे सम्म पुजा स्वास्थ्य चौकी लिवासेमा सेवा लिन पठाउने व्यवस्था मिलाउन सबै जनप्रतिनिधि स्वयमसेविका , स्वास्थ्य संस्था , वडा कार्यालय ,सम्पुर्ण बिद्यालय , सहयोगी निकाय सवैमा अनुरोध समेत गरेको छ । दलहरुका प्रतिनिधि सबैलाई पालिकाले आग्रह गरेको छ। गत फाल्गुन ११ गते पनि पुजा स्वास्थ्य चौकी लिवासेमा नि:शुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको स्वास्थ्य शाखाले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ९, शुक्रबार १६:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP