• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा पूर्वराजा : गृहमन्त्री लेखक

    • lumbinisanjal
    • २०८१ फाल्गुन २५, आईतवार ०५:५१
    2.7K
    SHARES
    गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा पूर्वराजा : गृहमन्त्री लेखक

    काठमाडौं , २५ फाल्गुन । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा पूर्वराजा ज्ञानेन्द्र शाह हौसिन आवश्यक नरहेको बताएका छन् ।

    आइतबार बिहान सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले पछिल्लो समय गणतन्त्रको विकल्प राजतन्त्र हो भनेर केही मानिसहरुले भ्रम फैलाइरहेको बताए । र त्यस्तो भ्रममा राजा हौसिन आवश्यक नरहेको उनको भनाइ थियो ।

    उनले भने, ‘केही मानिसहरुले यो गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर जुन भ्रम फैलाइराखेका छन्, त्यो भ्रमले राजा हौसिन आवश्यक छैन ।’

    उनले आन्दोलन र क्रान्तिबाट फालिएका राजसंस्थाका राजाहरु उसै देशमा स्वतन्त्रतापूर्वक अधिकार उपभोग गरी बसेको इतिहास कमै भएको भन्दै नेपाली जनताले दिएको त्यो स्वतन्त्रता नबिर्सिन आग्रह गरे । यसलाई कमजोरीका रुपमा नलिन पूर्वराजा शाहलाई गृहमन्त्री लेखकले चेतावनीसमेत दिए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २५, आईतवार ०५:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP