• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    टेक्सासमा बाढीका कारण दश जनाको मृत्यु

    • lumbinisanjal
    • २०८२ जेष्ठ ३१, शनिबार १४:३३
    1.8K
    SHARES
    टेक्सासमा बाढीका कारण दश जनाको मृत्यु

    सान एन्टिनियो,३१ जेठ । दक्षिणी अमेरिकी राज्य टेक्सासमा भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा दश जनाको मृत्यु हुनुका साथै धेरै व्यक्तिहरू बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् ।

    केएनएसका अनुसार टेक्सासको सान एन्टोनियो सहरमा वर्षा पछि सडकहरूमा बाढी आउदाँ सवारी साधनहरू समेत अवरुद्ध भएको जनाइएको छ ।

    सान एन्टोनियो फायर विभागले पीडितहरूको खोजी गरिरहेको जनाइएको छ । हालसम्म मृतकको सङ्ख्या दश पुगेको सहरका अधिकारीहरूले पुष्टि गरेका छन् ।

    सान एन्टोनियो मेयर रोन निरेनबर्गले सामाजिक सञ्जाल एक्समा बाढीमा ज्यान गुमाएका हरूको खोजी जारी राख्ने बताएका छन् ।

    सहरका अधिकारीहरूले बाढी प्रभावितको उद्धार र अनुसन्धान भइरहेको बताएका छन् । वैज्ञानिकहरूले लामो समयदेखि मानव निर्मित जीवाश्म ईन्धन उत्सर्जन द्वारा सञ्चालित जलवायु परिवर्तनले उच्च वर्षा जस्ता चरम मौसम घटनाहरूको सम्भावना बढाइरहेको चेतावनी दिएका छन ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ३१, शनिबार १४:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP