• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    प्युठानका स्थानीय तहमा बेरुजु घट्यो

    • lumbinisanjal
    • २०८२ जेष्ठ ९, शुक्रबार १०:३६
    2.2K
    SHARES
    प्युठानका स्थानीय तहमा बेरुजु घट्यो

    प्युठान, ९ जेठ ।  महालेखा परीक्षकको कार्यालयले ६२ औं वार्षिक प्रतिवेदन अनुसार प्युठान जिल्लामा अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ । अघिल्लो वर्षको तुलनामा पाँच करोड २१ लाख एक हजार कम बेरुजु आएको हो ।

    जिल्लाको नौ वटा स्थानीय तहमा गरी ३१ करोड ९३ लाख ३४ हजार रुपियाँ बेरुजु देखिएको छ । अघिल्लो वर्ष ३७ करोड २१ लाख २५ हजार रुपियाँ बेरुजु देखिएको थियो ।

    सकैभन्दा बढी स्वर्गद्वारी नगरपालिका र सबैभन्दा कम मल्लरानी गाउँपालिकाको बेरुजु रहेको छ । स्वर्गद्वारीमा पाँच करोड २६ लाख ६३ हजार रुपियाँ बेरुजु देखिएको छ । मल्लरानी गाउँपालिकाको १ करोड ९३ लाख ३७ हजार रुपियाँ बेरुजु रहेको छ ।

    ऐरावती गाउँपालिकाको चार करोड ६९ लाख ६२ हजार, झिमरुक गाउँपालिकाको चार करोड ४९ लाख ७९ हजार, माण्डवी गाउँपालिकाको तीन करोड ७१ लाख ९१ हजार, सरुमारानी गाउँपालिकाको तीन करोड २४ लाख बेरुजु रहेको छ ।

    त्यसैगरी, प्युठान नगरपालिकाको तीन करोड ८७ लाख ३ हजार, नौबहिनी गाउँपालिकाको दुई करोड ९६ लाख ९३ हजार र गौमुखी गाउँपालिकाको दुई करोड ५६ लाख ३६ हजार रुपियाँ बेरुजु रहेको छ । शिक्षकहरुको तलबलाई महालेखाले बेरुजु निकालिदिएको मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले बताउनुभयो । सङ्घ र प्रदेश सरकारले कानुन नबनाउँदा स्थानीय सरकारले गरेका कामहरुमा नीतिगत रुपमा बेरुजु देखिने गरेको उहाँले बताउनुभयो । – गोरखापत्र



    lumbinisanjal   
  • २०८२ जेष्ठ ९, शुक्रबार १०:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP