• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपाल बैङ्कका ग्राहकलाई व्याजमा विशेष छुट

    • lumbinisanjal
    • २०८२ जेष्ठ २३, शुक्रबार १३:११
    3.2K
    SHARES
    नेपाल बैङ्कका ग्राहकलाई व्याजमा विशेष छुट

    बुटवल,२३ जेठ । नेपाल बैङ्क लिमिटेडले खराब कर्जामा वर्गीकरणमा परेका ग्राहकहरूले बक्यौता रकम तिरेमा ब्याजमा विशेष छुट योजना ल्याएको छ ।

    बैङ्कले एक विज्ञप्ति जारी गर्दै वि.स. २०७५ साल चैत मसान्त अगाडी खराब कर्जामा वर्गीकरण भएका बक्यौता ५० लाख सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूले ब्याजमा छुट सहितको चुक्ता गर्ने विशेष अवसर प्रदान गरेको हो ।

    नेपाल बैङ्क लिमिटेड लुम्बिनी प्रदेश शाखा प्रमुख अर्जुन बहादुर कँडेलका अनुसार यो विशेष छुट अवसर को उपयोग गरी समयमा नै ग्राहकले कर्जा चुक्ता गरी लाभ लिनको लागि सूचित समेत गरिएको छ ।

    यसको साथै वि.स. २०७६ साल बैशाख देखि हाल सम्म खराब वर्गमा रहेका कर्जा ग्राहक तथा हाल नियमित रहेका कर्जा ग्राहकले बुझ्नुपर्ने सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा समेत विशेष छुटको व्यवस्था गरिएको छ ।

    विशेष छुटको लाभ लिनको लागि समयमा नै बैङ्कको शाखा कार्यालयमा सम्पर्क गरी समयमा नै ब्याज छुटको लाभ लिनको लागि सूचित गरिएको बैङ्कको प्रदेश कार्यालय प्रमुख कण्डेलले जानकारी दिनुभयो । यो विशेष ब्याज छुट को म्याद यही असार मसान्त सम्म मात्रै लागू गरिएको बैङ्कले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ २३, शुक्रबार १३:११
  • #Nepal Bank Limited

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP