• २०८३ असार ३२ | Thu, 16 Jul 2026
  • Dark Mode

          Subscribe

    इस्मा गाउँपालिकामा मौरीपालक कृषकलाई तालिम र घार बितरण

    • lumbinisanjal
    • २०८२ जेष्ठ ६, मंगलवार १९:१७
    6.2K
    SHARES
    इस्मा गाउँपालिकामा मौरीपालक कृषकलाई तालिम र घार बितरण

    गुल्मी ,६ जेठ । गुल्मीको इस्मा गाउँपालिकाले मौरीपालनमा संलग्न कृषकहरूलाई लक्षित गर्दै तीनदिने तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले सुरुमा वडा नं. १ र २ का कृषकलाई लक्षित गर्दै झर्नामा तालिम सञ्चालन गरेको हो ।

    इस्मा गाउँपालिकाकी उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरका अनुसार, अघिल्लो वर्ष मौरीपालनमा इच्छुक कृषकलाई मौरी र मौरीको घार वितरण गरिएको थियो । अहिले उनीहरूलाई व्यावसायिक उत्पादनतर्फ प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । “थोरै समय दिएर पनि मौरीपालनबाट राम्रै आम्दानी लिन सकिने भएकाले कृषकलाई आकर्षित गर्न तालिम सुरु गरिएको हो,” उनले भनिन् ।

    गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यअनुसार मौरी, मौरीको घार वितरण र कृषकलाई तालिम प्रदान गरिँदै आएको जानकारी दिए । उनले कृषि, पशुपालनलगायतका सकारात्मक कार्यमा संलग्न व्यक्ति तथा संस्थासँग गाउँपालिका सधैं सहकार्य गर्न तत्पर रहेको बताए।

    इस्मा गाउँपालिकाले कृषकको मागअनुसार यस वर्ष पनि मौरी र मौरीको घार वितरण गर्ने तयारी गरेको छ । अघिल्लो वर्ष मात्रै गाउँपालिकाले ३२० भन्दा बढी मौरी र मौरीको घार वितरण गरेको थियो । गाउँपालिकाले यसवर्ष ३/३ दिने तालिम प्रदान गर्न सुरु गरेको हाे ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ६, मंगलवार १९:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP