• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    अनलाइन टिभी पत्रकार संघ लुम्बिनीको अध्यक्षमा अधिकारी वरिष्ठ उपाध्यक्षमा न्यौपाने

    • lumbinisanjal
    • २०८२ जेष्ठ ६, मंगलवार १२:३८
    4.7K
    SHARES
    अनलाइन टिभी पत्रकार संघ लुम्बिनीको अध्यक्षमा अधिकारी वरिष्ठ उपाध्यक्षमा न्यौपाने

    बुटवल ,६ जेठ । अनलाइन टिभी पत्रकार संघ लुम्बिनी प्रदेशको अध्यक्षमा सक्रिय पत्रकार कृष्णराज अधिकारी निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा दिपक न्यौपाने उपाध्यक्षमा रञ्जित शाह सचिवमा साबित्री गिरी सहसचिवमा मन बहादुर सहकारी कोषाध्यक्षमा भावना बुढा मल्ल र सदस्यहरुमा चन्द्रेश्वर त्रिपाठी ,इरफान अली ,कुशल बिक र स्वेता गिरी निर्वाचित भएका छन् ।

    अनलाइन टिभी पत्रकार संघले कार्यसमिती चयन अगाडीको सत्रमा डिजीटल एआईको प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा अधिवेशन उदघाट्न कार्यक्रम गरेको थियो । अनलाइन टिभि पत्रकार संघका केन्द्रीय प्रतिनिधि रोहित लिम्बूको अध्यक्षतामा भएको उदघाट्न कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको रहेको थियो । प्रमुख अतिथि बिस्टले, यो समय डिजिटल मिडियाको भएकाले अवको दिनमा डिजिटल मिडियामा कार्यरत पत्रकारहरुको क्षमता विकास लगायतका कार्यक्रमको लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै उहाँले अनलाइन टिभी मार्फत आउने बिषयबस्तुलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको सुझाव दिनुभयो ।

    कार्यक्रममा विशिष्ठ अतिथि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले डिजिटल मिडियामा एआईको प्रयोग हुनु राम्रो कुरा भएतापनि पत्रकार सधै सृजनशिल बन्नुपर्ने सुझाव दिनुभयो । उहाँले समाजिक बिषयको उठान गरी विकासमा साझेदारी गर्न अनलाइन टिभीले राम्रो भुमिका निभाउन सक्ने बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले लुम्बिनी प्रदेशले डिजिटल मिडियामा कार्यरत पत्रकारका लागि तालिम संचालन गरीरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आजको युग डिजिटल पत्रकारिताको युग भएकाले अनलाइन टिभी पत्रकार संघले गरीरहको कार्यलाई सबै पत्रकार माझ पुराएर पत्रकार आचारसंहिता बारे जानकारी दिन सुरु गरेको यो अभियानको प्रशंशा गर्नुभयो ।

    कार्यक्रममा एआई प्रयोग बारे तालिमको सहजिकरण गर्नुभएका अनलाइन टीभि पत्रकार संघका केन्द्रीय अध्यक्ष जीवन भण्डारीले एआईको प्रयोग गरेर पत्रकारिता गरेमा समयको बचत हुनुका साथै पत्रकारको कामको गुणस्तर राम्रो हुने बताउनुभयो । उहाँले देशब्यापी रुपमा अनलाइन टिभीमा कार्यरत पत्रकारहरुलाई पत्रकार आचारसंहिता बारे जानकारी गराउदै डिजिटल मिडियाका सामाग्रीहरुलाई थप परिस्कृत बनाउने अभियानमा देशब्यापी दौडाहामा रहेको बताउनुभयो ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक राजकुमार जीटी,क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी र बाँके ,बर्दिया,रुपन्देही,पाल्पा, दाङ लगायत सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका अनलाइन टिभिमा कार्यरत पत्रकारहरुको ६० बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ६, मंगलवार १२:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP