• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मीबाट स्याङ्जा जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, सात घाइते

    • lumbinisanjal
    • २०८१ फाल्गुन २१, बुधबार ०६:१६
    3.7K
    SHARES
    गुल्मीबाट स्याङ्जा जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, सात घाइते

    बुटवल , २१ फाल्गुन । जिल्लाको बिहादी गाउँपालिकामा आज बिहान भएको बोलेरो जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छभने सात जना घाइते भएका छन् ।

    गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको घटनास्थलमा मृत्यु भएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २१, बुधबार ०६:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP