• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    देउवा भन्छन् ,ज्ञानेन्द्रको संवैधानिक राजा बन्ने योग्यता छैन

    • lumbinisanjal
    • २०८१ चैत्र १६, शनिबार ०८:१२
    2.5K
    SHARES
    देउवा भन्छन् ,ज्ञानेन्द्रको संवैधानिक राजा बन्ने योग्यता छैन

    बुटवल,१६ चैत ।  नेपाली कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले चाहँदैमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नहट्ने दाबी गरेका छन् ।

    नेपाली लेखक संघले लुम्बिनीमा शनिबार आयोजना गरेको ८औँ राष्ट्रिय अधिवेशनको उद्‌घाटन समारोहमा उनले यस्तो दाबी गरेका हुन् । ‘गणतन्त्र उन (पूर्वराजा)ले चाहे पनि हट्नेवाला छैन,’ पूर्वप्रधानमन्त्री देउवाले भने, ‘हाम्रो पार्टी, देश एक छ, गणतन्त्रको पक्षमा ।’

    देउवाले पूर्वराजा ज्ञानेन्द्रमा संवैधानिक राजा बन्ने नियत र योग्यता नै नभएको टिप्पणी गरे ।`उनले कहिले पनि संवैधानिक राजा बन्न खोजेका पनि थिएनन् । बन्ने नेचर पनि छैन,’ सभापति देउवाले भने । शुक्रबार तीनकुने क्षेत्रमा राजावादीले गरेको हिंसात्मक आन्दोलनतर्फ लक्षित गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्रप्रति प्रश्न पनि गरे ।

    ‘हिजोको घटना जसरी हुलहुज्जत भयो । अराजक तरिकाले काठमाडौंमा आक्रमण गर्‍यो । फेरि पुलमाथि पनि आक्रमण भयो,’ देउवाले भने, ‘यो स्पष्ट भएको छ कि पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान् ?’



    lumbinisanjal   
  • २०८१ चैत्र १६, शनिबार ०८:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP