• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरद्वारा विद्यार्थीलाई विद्यालय पोशाक प्रदान

    • lumbinisanjal
    • २०८२ जेष्ठ ३, शनिबार १०:४१
    1.8K
    SHARES
    मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरद्वारा विद्यार्थीलाई विद्यालय पोशाक प्रदान

    बुटवल , ३ जेठ । गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुरले वडा नं. ७ मा रहेको सुरभञ्ज्याङ आधारभूत विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्रि सहित विद्यालय पोशाक प्रदान गर्नुभएको छ । आफूले पालिकाबाट पाउने सेवा सुविधा वापतको रकमबाट सामाजिक सेवामा खर्च गर्दै आउनु भएका अध्यक्ष कुवँरले सोही पालिकाको वडा नं. ७ मा रहेको सुरभञ्ज्याङ आधारभूत विद्यालयका बालबालिकालाई विद्यालय पोशाक वितरण गर्नुभएको हो ।

    नेपाली काँग्रेस मदानेका सभापति समेत रहनुभएका पालिका अध्यक्ष कुवँरले आफूले पाउने सेवा सुविधा वापतको रकम सिधै पार्टीको खाता जाने र उक्त रकम पार्टी समितिको निर्णयमा सामाजिक सेवामा खर्च गरिने गरेको वडा नं. ७ का वडा अध्यक्ष सन्तोष केसीले बताउनु भयो ।
    त्यसरी आएको रकम हालसम्म विद्यालयमा अध्ययन गर्ने बालबालिकाका लागि शैक्षिक सामाग्रि वितरण, गरिव, विपन्न तथा दीर्घरोगीहरुलाई उपचारमा सहयोग, प्राकृतिक प्रकोपमा परेकाहरुलाई राहत प्रदान, गरिव विपन्नको लागि काजकिरियाका लागि सहयोग लगायतका काममा खर्च गर्दै आएको पनि उहाँले बताउनु भयो ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ३, शनिबार १०:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP