• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रेस सेन्टर गुल्मीले विभिन्न माग राख्दै बुझायो ज्ञापनपत्र

    • lumbinisanjal
    • २०८२ बैशाख २८, आईतवार १८:१९
    6K
    SHARES
    प्रेस सेन्टर गुल्मीले विभिन्न माग राख्दै बुझायो ज्ञापनपत्र

    गुल्मी ,२८ बैशाख । प्रेस सेन्टर नेपाल गुल्मीले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रेस सेन्टर नेपालको केन्द्रीय कार्यालयको घोषित कार्यक्रमअनुसार देशभर आइतबार प्रेस सेन्टर गुल्मीको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

    प्रेस सेन्टरका केन्द्रीय पदाधिकारी, जिल्ला कार्य समितिले सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेलाई ज्ञापन पत्र बुझाएको प्रेस सेन्टर नेपाल गुल्मीका उपाध्यक्ष बासुदेव पोखरेलले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी गैरेले आइतबार नै सूचना, सञ्चार एवम् प्रविधि मन्त्रालयमा पठाउने प्रतिबद्धाता व्यक्त गरे ।

    एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्यामा संलग्न कथित राजावादी समूहका नाइकेहरुलाई कानुनी कारबाही गर्न र पत्रकार रजकलाई शहीद घोषणा तथा परिवारलाई उचित राहत प्रदान गर्न माग गरिएको छ । यस्तै, संविधान कार्यान्वयनका लागि बन्नुपर्ने सञ्चार नीतिहरु अहिले पनि सरकारको प्राथमिकतामा नपरेकाले तत्काल संविधानको भावनाअनुसार पूर्ण प्रेस स्वतन्त्रतामैत्री कानुन निर्माण आग्रह गरिएको छ । यस्तै, श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन गर्न र न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिक तत्काल लागू गर्न माग गरिएको छ ।

    पत्रकारको दक्षता अभिवृद्धिका लागि गठन गर्ने भनिएको आमसञ्चार प्रशिक्षण प्रतिष्ठान तत्काल गठन गर्न माग ज्ञापनपत्र बुझाइएको छ । त्यस्तै, पत्रकार वृत्ति कोषको कार्यान्वयनका लागि जारी गरिएको मापदण्ड तत्काल परिमार्जन गरेर ज्येष्ठ पत्रकारले सहज ढंगले वृत्तिकोषबाट लाभ लिनसक्ने प्रबन्ध गर्न ध्यानाकर्षण गर्दैै ज्ञापन पत्र बुझाएको हो ।



    lumbinisanjal   
  • २०८२ बैशाख २८, आईतवार १८:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP