• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपाली कांग्रेस धुर्कोट-रुपन्देही सम्पर्क समितिद्वारा शुभकामना आदानप्रदान

    • lumbinisanjal
    • २०८२ बैशाख ५, शुक्रबार १९:३७
    7.4K
    SHARES
    नेपाली कांग्रेस धुर्कोट-रुपन्देही सम्पर्क समितिद्वारा शुभकामना आदानप्रदान

    बुटवल ,५ बैशाख । नेपाली कांग्रेस धुर्कोट रुपन्देही सम्पर्क समितिले नयाँ बर्ष २०८२ सालको पावन अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।

    कार्यक्रममा समितिका अध्यक्ष यदुमणी पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य छन्दबहादुर पहराई मगरको प्रमुख आतिथ्यता र महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारीको बिशिष्ट आतिथ्यता रहेको थियो ।

    सम्पर्क समाजका सदस्य कृष्ण प्रसाद पन्थीको स्वागत मन्तव्य बाट कार्यक्रम सुरु भएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि पहराईले सम्पर्क समितिलाई चुस्त र दुरुस्त बनाउन आवस्यक रहेको बताउएका थिए । उनले नेपाली कांग्रेसले पछिल्लो समय प्रशिक्षण कार्यक्रमको आयोजना गरि समग्र युवा , महिला , आदिवासी , जनजाति लगायतलाई जोड्नका लागि लागिरहेको बताए । उनले चुनाव ताका मात्र सम्पर्क समिती क्रियाशिल हुने र अन्य समयमा निष्क्रिय हुने बातावरण सृजना भएको र यो कार्यलाई चिर्दै धुर्कोट रुपन्देही सम्पर्क समितिले गरेको कार्यको प्रशंसा व्यक्त गर्नु भएको थियो ।

    त्यस्तै बिशिष्ट अतिथी भण्डारीले नेपाली कांग्रेसमा क्रियाशिल सदस्य लिने साथीहरुको सहभागीता निकै उत्साहजनक रहेको बताएका थिए । उनले पछिल्लो समय विद्यार्थी एवम युवाहरुलाई नेपालमै बस्ने बाताबरण बनाउन सरकार लाग्नुपर्ने बताएका थिए । पछिल्लो समय पुराना दलको बितिष्णाका कारण अन्य दलको उदय भैरहेको र नयाँ दलमा नेतृत्व गर्ने व्यक्ती गैरराजनीतिक , अपरिपक्व र झनझन समस्या निम्त्याएका कारण कांग्रेसको माहोल बढिरहेको बताएका थिए ।

    कार्यक्रममा नेपाली कांग्रेस गुल्मी `ख´का प्रदेश सचिब राजेन्द्र घिमिरे , समितिका सल्लाहकार तुल्सिराम भण्डारी, मोहन प्रसाद भण्डारी , नेपाली कांग्रेस दलित संघ गुल्मीका जिल्ला सदस्य प्रेम नेपाली , क्षितिज भण्डारी, अनिल बिष्ट , धुर्व पोखरेल, गोपाल भण्डारी लगायतले आफ्ना मन्तव्य राखेका थिए ।

    कार्यक्रमको सञ्चालन सम्पर्क समितिका सचिब भानुभक्त पाण्डेको रहेको थियो ।



    lumbinisanjal   
  • २०८२ बैशाख ५, शुक्रबार १९:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP