• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मीको इस्मामा दुर्घटना , धनार्जीका पन्थी घाइते

    • lumbinisanjal
    • २०८२ बैशाख २६, शुक्रबार १८:५७
    18.3K
    SHARES
    गुल्मीको इस्मामा दुर्घटना , धनार्जीका पन्थी घाइते

    गुल्मी, २६ वैशाख । गुल्मीको इस्मा गाउँपालिका–२ छल्दिटारमा डबल क्याब गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

    तम्घासबाट अर्खाबाङतर्फ जाँदै गरेको लु ३ च ६७९८ नम्बरको डबल क्याब गाडी र विपरीत दिशाबाट आइरहेको लु ४० प ३०१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा धुर्कोट गाउँपालिका–५ धनार्जीका ५१ वर्षीय वैकुण्ठ पन्थी गम्भीर घाइते भएका हुन्।

    घाइते पन्थीको दायाँ खुट्टा भाँचिएको छ भने निधारमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको र थप उपचारका लागि गुल्मी अस्पताल तम्घास पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

    गाडी चालक मालिका गाउँपालिका–४ अर्खाबाङका ३६ वर्षीय प्रेमबहादुर कौशललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना स्थल तम्घास बजारबाट करिब १२ किलोमिटर पश्चिममा पर्दछ।



    lumbinisanjal   
  • २०८२ बैशाख २६, शुक्रबार १८:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP