• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    लायन्स क्लब अफ बुटवल खस्यौलीद्वारा म्याराथनको आयोजना

    • lumbinisanjal
    • २०८२ बैशाख १२, शुक्रबार १४:३६
    4.9K
    SHARES
    लायन्स क्लब अफ बुटवल खस्यौलीद्वारा म्याराथनको आयोजना

    बुटवल , १२ बैशाख । लायन्स क्लब अफ बुटवल खस्यौलीद्वारा बैशाख १३ गते शनिवार (भोलि) बिहान म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

    स्वास्थ्यका लागि दौड भन्ने नारा सहित आयोजना गर्न लागिएको म्याराथन प्रतियोगिता भोलि बिहान ५:३० बजे बुटवल राजमार्ग चौराह बाट शंकरनगर चोक सम्म रहने छ ।

    म्याराथन प्रतियोगिताको आयोजक लायन्स कल्ब अफ बुटवल खस्यौली , सह-आयोजक लियो क्लब अफ खस्यौली सिटी र प्रायोजक कस्टुमर ग्रुप रहेका छन् ।

    नि:शुल्क र खुल्ला म्याराथन प्रतियोगिताको प्रथम पुरस्कार रु ३५,००० द्वितीय पुरस्कार रु २५,००० र तृतीय पुरस्कार रु १५,००० शिल्ड , मेडल र प्रमाणपत्र रहेका छन् ।

     



    lumbinisanjal   
  • २०८२ बैशाख १२, शुक्रबार १४:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP