• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीमा बुबाको घाँटी अठ्याएर हत्या गरेको आरोपमा छोरा पक्राउ

    • lumbinisanjal
    • २०८३ बैशाख १४, सोमबार १५:०२
    1K
    SHARES
    रुपन्देहीमा बुबाको घाँटी अठ्याएर हत्या गरेको आरोपमा छोरा पक्राउ

    भैरहवा, १४ बैशाख । रुपन्देहीमा बुवाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कञ्चन गाउँपालिका–४ बेलडाँडाका २४ वर्षीय सुनिल थारुले आफ्नै ५८ वर्षीय बुवा जंगबहादुर थारुको घाँटी अठ्याएर गम्भीर घाइते बनाएका थिए। घटना गत बैशाख ११ गते भएको हो।

    घटनापछि बेहोस अवस्थामा रहेका जंगबहादुरलाई उपचारका लागि कपिलवस्तुको पिपरा अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

    घटनालगत्तै फरार भएका सुनिललाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख १४, सोमबार १५:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP