• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा २२ गतेदेखि हैदरावादी दम बिरयानी अण्डर १४ वेस्टर्न टी- २० क्रिकेट च्याम्पियनशिप सुरु हुँदै

    • lumbinisanjal
    • २०८१ चैत्र १९, मंगलवार ०९:३४
    9.5K
    SHARES
    बुटवलमा २२ गतेदेखि हैदरावादी दम बिरयानी अण्डर १४ वेस्टर्न टी- २० क्रिकेट च्याम्पियनशिप सुरु हुँदै

    बुटवल , १९ चैत । वेस्टर्न कृकेट क्लबले बुटवलको नरैनापुर खेल मैदानमा अण्डर १४ टी २० कृकेट प्रतियोगिता सुरु गर्नेभएको छ । बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि खेल सञ्चालन हुने वेस्टर्न कृकेट क्लबका अध्यक्ष भुवन पाण्डेले जानकारी दिए । प्रतियोगिता चैत २२ गतेदेखी बैशाख ६ गते सम्म सञ्चालन हुनेभएको हो ।

    पत्रकार सम्मेलनमा वेस्टर्न कृकेट क्लबका अध्यक्ष भुवन पाण्डेको अध्यक्षता , प्रमुख अतिथी जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्य , लुम्बिनी प्रदेश कृकेट संघका अध्यक्ष सञ्जय गुरुङ , नेपाल कृकेट संघका निवर्तमान कार्यवाहक सचिब प्रसान्त बिक्रम मल्ल , बुटवल कृकेट बिकास समितिका कार्वबाहक अध्यक्ष रोमित बज्राचार्य , पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकाल, खेलाडी , प्रशिक्षक तथा एकेडेमीका सञ्चालकको सहभागिता रहेको थियो ।

    कार्यक्रमका अध्यक्ष भुवन पाण्डेले पत्रकार सम्मेलनमा प्रतियोगिताको संक्षिप्त जानकारी गराउँदै प्रतियोगिता चैत २२ देखि बैशाख ६ गते सम्म बुटवल उपमहानगरपालिका स्थित नरैनापुर खेल मैदानमा संचालन हुने बताएका थिए । उनले खेलमा १२ टिमको सहभागीता , खेल २० ओभरको रहने र खेलमा खेलाडीहरु १४ बर्ष मुनिका मात्र सहभागीता रहने बताएका थिए ।

    प्रतोयोगितामा विजेता टिमले नगद एकचालीस हजार ट्रफी मेडल र प्रमाणपत्र , उपबिजेता टिमले एक्काईस हजार ट्रफी मेडल र प्रमाणपत्र । प्रतियोगितामा उत्कृष्ट बलरलाई पच्चिस सय ट्रफी र प्रमाणपत्र , उत्कृष्ट व्याट्सम्यानलाई पच्चिस सय ट्रफी र प्रमाणपत्र , प्रतोयोगिताका उत्कृष्ट खेलाडीलाई पाँच हजार ट्रफी प्रमाणपत्रले पुरस्कृत गरिने अध्यक्ष पाण्डेले बताए । खेलमा म्यान अफ द म्याचलाई मेडल तथा हैदराबादी दम बिरयानीको तर्फबाट एक प्लेट बिरयानीको समेत व्यवस्था रहेको बताए ।

    बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग, हैदराबादी दम बिरयानी बुटवलको मुख्य प्रायोजक संगै बाहिर बसेका दर्शकले क्याच छोपेमा एक प्लेट बिरयानीको व्यवस्था समेत गरेको र गार्गी एकेडेमीले खेलाडीलाई मैदान सम्म लैजाने व्यवस्था गरेको अध्यक्ष पाण्डेले बताए ।

    कार्यक्रममा प्रमुख अतिथि जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्यले राष्ट्रिय लेभलमा अण्डर १४ का प्रतियोगिताहरु निकै कम हुने र यस्ता प्रतियोगितालाई निरन्तरता दिन अनुरोध गरेका थिए । विशिष्ट अतिथी लुम्बिनी प्रदेश कृकेट समितीका अध्यक्ष सञ्जय गुरुङले खेलाडीले आफ्नो पढाइमा पनी विशेष ध्यान दिनुपर्ने बताएका थिए । खेल संगै पढाईमा पनि अव्वल भएपछी धेरैकुराले साथ दिने र सधै प्रगतीपथको बाटोमा अघि सर्ने बताएका थिए ।

    वेस्टर्न कृकेट एकेडेमीका सचिव भुवन अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।



    lumbinisanjal   
  • २०८१ चैत्र १९, मंगलवार ०९:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP