• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    गर्मी बढेपछि कपिलवस्तुका तीन पालिकामा विद्यालय बन्द

    • lumbinisanjal
    • २०८२ जेष्ठ २७, मंगलवार १५:३९
    3K
    SHARES
    गर्मी बढेपछि कपिलवस्तुका तीन पालिकामा विद्यालय बन्द

    कपिलवस्तु, २७ जेठ  । जिल्लाको कपिलवस्तु, बुद्धभूमि र बाणगङ्गा नगरपालिकाले गर्मीका कारण विद्यालय बिदा दिएका छन् । बुद्धभूमि र बाणगङ्गा नगरपालिकाले चार दिन मङ्गलबारदेखि शुक्रबार सम्म र कपिलवस्तु नगरपालिकाले तीन दिन बुधबार देखि शुक्रबार सम्म बिदा दिइएको हो ।

    कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुनाराम पौडेलका अनुसार तराईमा बढ्दै गएको गर्मीका कारण विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न कठिनाई उत्पन्न भएकोले बिदा दिने निर्ण गरिएको बताउनुभयो । नगरले सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा बिदा दिने निर्णय गरेको उहाँको भनाइ छ ।

    त्यस्तै बाणगङ्गा नगरपालिकाका शाखा अधिकृत खिमबहादुर जि.सी.का अनुसार तराईमा बढ्दै गएको गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षण सिकाइमा प्रतिकुल असर पर्न सक्ने जोखिमलाई मध्यनजर राख्दै नगरभित्र सञ्चालित सबै शैक्षिक संस्थाहरू ४ दिनका लागि गर्मी बिदा गरिएको बताउनुभयो ।

    अत्याधिक गर्मीको कारण स्वास्थ्य प्रतिकुल हुँदा विद्यार्थीलाई विद्यालयमा रही पठनपाठन कार्यमा संलग्न हुन कठिनाइ हुने चार दिन सम्पूर्ण विद्यालयमा बिदा दिइएको बुद्धभूमि नगरपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद भट्टराईले बताउनुभयो । वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालयहरूलाई गर्मी बिदा दिइएको बताइएको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ २७, मंगलवार १५:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP