• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    स्कारपिओ दुर्घटना: मृत्यु भएका चारै जनाको सनाखत

    • lumbinisanjal
    • २०८१ चैत्र १५, शुक्रबार १३:२९
    3.9K
    SHARES
    स्कारपिओ दुर्घटना: मृत्यु भएका चारै जनाको सनाखत

    तुलसीपुर,१५ चैत । तुलसीपुरबाट भारतमा तीर्थयात्राका लागि गएको स्कारपिओ दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

    दुर्घटनामा तुलसीपुर–७ श्रीगैँ निवासी ८५ वर्षीय जयबहादुर वली र ८३ वर्षीया धनमाया वली, तुलसीपुर–४ गोठीखोला निवासी ७५ वर्षीय परवीर खत्री र गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।

    बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कारपियो गाडी भारतको तुलसीपुरमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् भने दुई जना समान्य छन् ।

    गाडीमा सवार सबै यात्रु तुलसीपुरका रहेका जनाउँदै प्रहरी निरीक्षण्क रानाले मृतकको शवलाई नेपाल ल्याउने तयारी गरिएको बताए ।



    lumbinisanjal   
  • २०८१ चैत्र १५, शुक्रबार १३:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP