• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    निर्जला एकादशी आज, तुलसीको दल राखिँदै

    • lumbinisanjal
    • २०८२ जेष्ठ २४, शनिबार ०९:०६
    2.8K
    SHARES
    निर्जला एकादशी आज, तुलसीको दल राखिँदै

    काठमाडौं,२४ जेठ । वैदिक सनातन धर्मावलम्बीले आआफ्नो घरको मठमा शनिबार तुलसीको दल राख्दै छन् ।

    प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन राखिएको दल (बिउ) एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोप्ने गरिन्छ ।

    आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ ।

    चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिए ।

    सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने उनको भनाइ छ । आयुर्वेदिक रूपमा लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारसमेतमा प्रयोग गरिन्छ ।

    तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानसमेतले प्रमाणित गरेको छ । एकादशीका अवसरमा देशभरका नारायणस्थान एवम् विष्णु मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ २४, शनिबार ०९:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP