• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी बिकास कोष : डा. आरजुले भुमी पुजन गरिसकेको गुम्बामा पुन:पुर्व राष्ट्रपति भण्डारीलाई गराइदैँ

    • lumbinisanjal
    • २०८१ चैत्र १४, बिहीबार ०४:१५
    6.9K
    SHARES
    लुम्बिनी बिकास कोष : डा. आरजुले भुमी पुजन गरिसकेको गुम्बामा पुन:पुर्व राष्ट्रपति भण्डारीलाई गराइदैँ

    बुटवल , १४ चैत । शिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा गुम्बा बनाउने नाममा बुद्ध धर्म गुरुहरुबिच विवाद उत्पन्न गराउने काम भएको छ । लुम्बिनी विकास कोषमा बनाईने गुम्बाहरुलाई लुम्बिनी विकास कोषले जग्गा भाडामा उपलब्ध गराउने कानुनी आधारमा व्यक्ति विशेषको रवैयाका कारण जग्गामा विवाद आएको हो ।

    पछिल्लो समय नेपाली कांग्रेसकी नेत्रृ एवम परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले गुम्बाका लागि भुमी पुजन गरेको जग्गामा विवाद परेको छ । बुद्धजन्मस्थल लुम्बिनी एक गुम्बाका लागि भुमी पुजन गरेको जग्गा पुन: पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारीलाई लगेर भुमी पुजन गर्ने तयारी भइरहेको छ । सेन्चुरी फर युनिभर्सल पिस (Ringing Yeshe Inc. USA )संस्थापक श्याल्पो रिम्पोचेको अगुवाईमा यस अघि कांग्रेस नेत्रृ डा.आरजुले भुमी पुजन गरेको र निर्माणकार्य पनि अघि बढेको अवस्थामा पछिल्लो समय उक्त जग्गा थुक्छे छोइलिङ मोनासष्ट्री नामक गुम्बाको अगुवाईमा पुर्व राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा भुमी पुजनका लागि निमन्त्रणा बाडिएको छ ।

    उक्त जग्गाको बारेमा उच्च अदालत तुलसीपुर बुटवलमा मुद्धा समेत दर्ता भएको छ । त्यसो त February 22, 2022 (वि.सं. २०७८/११/१०), निर्माण समयावधि थप भएको थियो । कोभिडको महामारी लगायतका कारण निर्माण समयावधि थप गर्न निवेदन पेश गरे अनुरूप लुम्बिनी विकास कोषबाट २ (दुई) वर्ष निर्माणको समयावधि थप गरेको थियो ।

    यसै बिच Nov. 18, 2023 (वि.सं. २०८०/०८/०२) थुक्छे छोइलिङ मोनासष्ट्रीसंग गुम्वा बनाउने सम्झौता हुन्छ। Ringing Yeshe Inc. USA लाई कोभिड १९ को महामारी लगायत कारण लुम्बिनी विकास कोषबाट मिति २ (दुई) वर्ष निर्माणको समयावधि थप भएकोमा थप म्याद पुग्नु अगाडी नै Ringing Yeshe Inc. USA को हक अधिकारको जग्गा WC-14 नं. को प्लट पनि थुक्छे छोइलिङ मोनासष्ट्रिलाई गुम्वा बनाउनको लागि सेवा सम्झौता भए पछि कोषका केही व्यक्तिहरुको मिलेमतो भएको आशंका गरिएको हो ।

    पुर्व राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा भुमी पुजन गर्ने चैत्र १५ गतेका दिन नै उच्च अदालत तुलसीपुर बुटवलले दुबै पक्षलाई छलफलको लागि बोलाएको छ ।विवाद रहेको उक्त जग्गाको पुजन कार्यमा पुर्व राष्ट्रपति भण्डारी जान नहुने एक पक्षको माग रहेको छ । आफुहरुसंग छलफल नगरी लुम्बिनी विकास कोषका केही व्यक्तिहरुको प्रभावमा एक पक्षले गुम्बा निर्माण गरिरहेकै क्रममा सोही जग्गा अर्कों पक्षलाई दिनु कानून सम्बत नभएको सेन्चुरी फर युनिभर्सल पिसका संस्थापक, श्याल्पा तेन्जिन रेन्पोछेको भनाई छ । विभेदकारी कर्मले गुम्बा बनाउने गुरुहरुलाई विभेद गरिएको चर्चा चलेको छ ।

    उच्च अदालतमा दायर निवेदन पत्र :



    lumbinisanjal   
  • २०८१ चैत्र १४, बिहीबार ०४:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP