• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सुधा र बब्लुले लिए मन्त्री पदको शपथ

    • lumbinisanjal
    • २०८२ कार्तिक ९, आईतवार १५:३७
    2.1K
    SHARES
    सुधा र बब्लुले लिए मन्त्री पदको शपथ

    काठमाडौं ,९ कार्तिक । नवनियुक्त मन्त्रीद्वय सुधा गौतम र बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    गौतमले शीतल निवासमा आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या र गुप्ताले युवा तथा खेलकुद मन्त्रीका रुपमा राष्ट्रपतिसमक्ष शथप लिएका हुन् ।

    यसअघि प्रधानमन्त्री सुशीला कार्कीले खगेन्द्र सुनारलाई श्रममन्त्री र गणपतिलाल श्रेष्ठलाई भूमिसुधार मन्त्री बनाउने तयारी गरेकी थिइन् ।

    तर खगेन्द्र अनेक काण्ड र गम्भीर अपराधका घटनामा जोडिएकाले मन्त्री हुनबाट बञ्चित भए । उता यसअघि पर्यटन मन्त्री बनाउने तयारी गरिएका गणपतिलालको अन्तिम समयमा मन्त्रालय फेरिएको थियो। मन्त्रालय हेरफेरका कारण गणपतिलालको पनि शपथ रोकिएको छ



    lumbinisanjal   
  • २०८२ कार्तिक ९, आईतवार १५:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP