• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    रेसुङ्गा क्याम्पस गुल्मीको स्ववियु सभापतिमा खत्री निर्विरोध

    • lumbinisanjal
    • २०८१ चैत्र २, शनिबार १४:००
    5.1K
    SHARES
    रेसुङ्गा क्याम्पस गुल्मीको स्ववियु सभापतिमा खत्री निर्विरोध

    गुल्मी , ०२ चैत । रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा विद्यार्थी नेता सुदीप खत्री निर्विरोध निर्वाचित भएका छन् । स्नातक तह अन्तर्गत व्यवस्थापक संकायकाे चाैथाे वर्षमा अध्ययनरत विद्यार्थी नेता शनिबार क्याम्पसकाे स्ववियु सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

    विद्यार्थी नेता खत्री नेतृत्वमा सबै पदमा निर्विरोध निर्वाचित भएको रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक निर्वाचन अधिकृत गाेपाल प्रसाद पाण्डेले जानकारी दिए । खत्री यसअघि क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियन स्ववियुकाे सचिव थिए । नेपाल विद्यार्थी संघ (नेविसंघ) गुल्मीको सचिव समेत रहेका विद्यार्थी नेता खत्री विद्यार्थी राजनीतिमा क्रियाशील छन् ।

    नेविसंघका खत्री नेतृत्वमा रेसुङ्गा बहुमुखी क्याम्पसमा सबै पदमा निर्विरोध निर्वाचित भएका छन् । जसको सचिवमा अनेरास्ववियुका निशान टण्डन, काेषाध्यक्षमा नेविसंघका बिश्वास बञ्जाडे, सदस्यमा नेविसंघबाट अनिता पाण्डे, खुमबहादुर खत्री, सुस्मा पन्थी, अनेरास्ववियुबाट सन्तोष भण्डारी र अनेरास्ववियु क्रान्तिकारीबाट सागर सुनार निर्विरोध निर्वाचित भएका छन् ।

    त्यस्तै समानुपातिक तर्फ नेविसंघबाट सुशील पन्थी र बिशाल पाण्डे निर्विरोध निर्वाचित भएका छन् । समानुपातिक तर्फ नै अनेरास्ववियुबाट अस्मिता सदा, विनिता कार्की र मुनाल अधिकारी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै समानुपातिक तर्फ नै अनेरास्ववियु क्रान्तिकारी बाट प्रियंका पन्थी र अमृता विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् ।

    खत्निर्वाचनका लागि गुल्मीको एक क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेविसङ्घले विद्यार्थी नेता सुदीप खत्रीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ । विद्यार्थी नेता खत्री स्वतन्त्र विद्यार्थी युनियन रेसुङ्गा बहुमुखी क्याम्पसका सचिव हुनुहुन्छ ।

    स्ववियु सभापतिमा निर्वाचित भएपछि विद्यार्थी नेता सुदीप खत्रीले शिक्षामा भएका विकृतिको अन्त्य तथा समयानुकुल प्राविधिक शिक्षा सञ्चालन र विद्यार्थीको हकहितका लागि नेविसङ्घले निरन्तर आवज उठाएको बताए । विद्यार्थीको हकहितका लागि नेविसङ्घले विगतदेखि नै आवाज उठाउँदै आएकाले आगामी दिनमा पनि समयानुकुल शिक्षा प्रवाहका लागि निरन्तर आवाज उठाउने स्ववियु सभापति खत्रीले बताए । उनलेे आफूलाई विश्वास गरेर आफ्नो नेतृत्वमा निर्विरोध निर्वाचित सबै टिम र विद्यार्थी सबै मिलेर विद्यार्थीकाे समग्र हकहितका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।



    lumbinisanjal   
  • २०८१ चैत्र २, शनिबार १४:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP