• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

    • lumbinisanjal
    • २०८२ मंसिर ४, बिहीबार ११:४०
    1.4K
    SHARES
    कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

    काठमाडौं,४ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । यसअघि कात्तिक गतेका लागि बोलाइएको बैठक स्थगित गरेर आज दिउँसो २ बजेका लागि बोलाइएको थियो ।

    कांग्रेस पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना जारी गर्दै आजका लागि बोलाइएको बैठक आगामी शनिबार दिउँसो १ बजे बस्ने गरी सारिएकाे जनाएका छन् ।

    गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक पटकपटक स्थगित हुँदै र चल्दै आएको छ । बैठकमा पार्टीको १५औँ महाधिवेशनको विषयलाई लिएर मतभेद जारी छ ।

    पार्टीको महाधिवेशन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अघि गर्ने कि पछि भन्नेमा नेताहरूवीच विवाद हुँदा केन्द्रीय समिति बैठक लम्बिँदै गएको छ ।

    कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत मंसिर–पुसभित्र नियमित वा विषेश महाधिवेशन गर्नुपर्ने अडानमा छन् भने सभापति देउवा निकट केही पदाधिकारी तथा पूर्वपदाधिकारीहरू निर्वाचनपछि वैशाखमा गर्नुपर्ने पक्षमा छन् ।

    केन्द्रीय समिति बैठक चलिरहेका बेला महाधिवेशनको विषयलाई लिएर संस्थापन पक्ष र इतर पक्षबीच छुट्टाछुट्टै बैठक र भेला हुँदै आएका छन् ।



    lumbinisanjal   
  • २०८२ मंसिर ४, बिहीबार ११:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP