• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    साइप्रसमा उच्च शिक्षाका अवसरबारे ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटीबीच अन्तरक्रिया

    • lumbinisanjal
    • २०८३ श्रावण २९, शुक्रबार १०:३६
    546
    SHARES
    साइप्रसमा उच्च शिक्षाका अवसरबारे ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटीबीच अन्तरक्रिया

    बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र साइप्रसको नियोपोलीस युनिभर्सिटी पाफोसबीच साइप्रसमा नेपाली विद्यार्थीका लागि उपलब्ध उच्च शिक्षा तथा अन्तर्राष्ट्रिय अवसरबारे अन्तरक्रिया सम्पन्न भएको छ।

    ईक्यान रुपन्देहीको आयोजनामा बिहीबार बुटवलमा भएको कार्यक्रममा साइप्रसको शैक्षिक प्रणाली, गुणस्तरीय शिक्षा, अनुसन्धानका अवसर, आधुनिक शिक्षण पद्धति तथा अध्ययनपछि निर्माण हुन सक्ने अन्तर्राष्ट्रिय करियरका विषयमा छलफल गरिएको थियो।

    कार्यक्रममा सहभागी शैक्षिक परामर्श व्यवसायीहरूले नेपाली विद्यार्थीका लागि विश्वसनीय शैक्षिक गन्तव्य छनोट, सही सूचना प्रवाह र पारदर्शी परामर्शको आवश्यकताबारे समेत विचार आदानप्रदान गरेका थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै ईक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतले विश्वस्तरीय शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीका लागि साइप्रस आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको बताए। उनले विद्यार्थीलाई सही सूचना र जिम्मेवार परामर्शमार्फत गुणस्तरीय शैक्षिक अवसरसँग जोड्न ईक्यान प्रतिबद्ध रहेको उल्लेख गरे।

    नियोपोलीस युनिभर्सिटी पाफोसका कन्ट्री म्यानेजर सुमन अधिकारीले विश्वविद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रम, अन्तर्राष्ट्रियस्तरको शिक्षण प्रणाली, अनुसन्धानका अवसर तथा नेपाली विद्यार्थीका लागि उपलब्ध सुविधाबारे जानकारी गराए। उनले गुणस्तरीय शिक्षा र अन्तर्राष्ट्रिय करियर निर्माणका दृष्टिले साइप्रस महत्वपूर्ण गन्तव्य बन्दै गएको बताए।

    कार्यक्रम ईक्यान रुपन्देहीका सचिव उपेन्द्र यादवले सञ्चालन गरेका थिए भने कोषाध्यक्ष राम खरेलले स्वागत मन्तव्य राखेका थिए।

    ईक्यान रुपन्देहीले अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा शैक्षिक संस्थासँगको सहकार्यलाई निरन्तरता दिँदै नेपाली विद्यार्थीलाई तथ्यमा आधारित, विश्वसनीय र गुणस्तरीय शैक्षिक जानकारी उपलब्ध गराउने जनाएको छ।



    lumbinisanjal   
  • २०८३ श्रावण २९, शुक्रबार १०:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP