• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मीमा नाबालिका जबरजस्ती करणी आरोपमा एकजना पक्राउ

    • lumbinisanjal
    • २०८१ फाल्गुन १६, शुक्रबार ०२:०६
    4.4K
    SHARES
    गुल्मीमा नाबालिका जबरजस्ती करणी आरोपमा एकजना पक्राउ

    गुल्मी , १६ फाल्गुन । गुल्मीमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूरूक्षेत्र गाउँपालिका-१ का ५७ वर्षीय पर्शुराम पौडेल छन् ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार पौडेलमाथि अमरकल्याण महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिडेको संरक्षणमा रहेकी १४ वर्षीय बालिकालाई करणी गरेको आरोप छ । उनले ती नाबालिकालालाई आफ्नो संरक्षणमा राखी पालन पोषण गर्न भनी राखेका थिए ।

     

    पौडेलले संस्थाबाट १५ मंसिर, २०७६ मा उनलाई आफ्नो घरमा लिई गई पालन पोषण गर्दै आएका थिए । जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइनखबर



    lumbinisanjal   
  • २०८१ फाल्गुन १६, शुक्रबार ०२:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP