• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    पाल्पाका १० वटै स्थानीय तहमा कांग्रेसको सदस्यता अभियान, युवा र तरुणलाई सक्रिय हुन आह्वान

    • lumbinisanjal
    • २०८३ असार २१, आईतवार १७:५५
    793
    SHARES
    पाल्पाका १० वटै स्थानीय तहमा कांग्रेसको सदस्यता अभियान, युवा र तरुणलाई सक्रिय हुन आह्वान

    पाल्पा । नेपाली कांग्रेसको सदस्यता वितरण अभियानलाई अझ व्यापक, तरुण, युवामैत्री र समावेशी बनाउने उद्देश्यसहित पाल्पा जिल्लाका दुवै निर्वाचन क्षेत्र अन्तर्गतका १० वटै स्थानीय तहमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन्।

    कार्यक्रममा डिजिटल माध्यमबाट क्रियाशील सदस्यता विस्तारलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्दै अभियानलाई गाउँ–गाउँसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

    कार्यक्रममा केन्द्रीय सदस्य एवम पाल्पा जिल्ला प्रतिनिधि मुना भुसालले सदस्यता अभियानलाई संगठन सुदृढीकरणको आधार भएकाले नयाँ, युवा, तरुण तथा समावेशी सहभागिता बढाउन सबै नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताउनुभयो।

    त्यस्तै, हिमाल दत्त श्रेष्ठले जिल्लाभर सञ्चालन गरिएको अभियानले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्दै सदस्यता वितरण कार्यलाई अझ तीव्र बनाउन आग्रह गर्नुभयो।
    यसैगरी, सन्दिप रानाले अभियान अझै जारी रहेकाले नयाँ पुस्तालाई पार्टीसँग जोड्न सबै तहका नेता–कार्यकर्ता एकजुट भएर सदस्यता विस्तारमा जुट्नुपर्ने बताउनुभयो।

    अभियानमा पूर्वमन्त्री वीरबहादुर रानासहित जिल्ला, क्षेत्र, प्रदेश, पालिका र वडा तहका नेता–कार्यकर्ताको सक्रिय सहभागिता रहेको थियो।



    lumbinisanjal   
  • २०८३ असार २१, आईतवार १७:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP